Author: The Nepali Video

रुपन्देही–४ मा परिवर्तनको लहरः युवा र महिलाको रोजाइमा भोपेन्द्र यादव !
TNV News Update

रुपन्देही–४ मा परिवर्तनको लहरः युवा र महिलाको रोजाइमा भोपेन्द्र यादव !

भैरहवा । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै जाँदा रुपन्देही निर्वाचन क्षेत्र नम्बर–४ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। यस क्षेत्रबाट जनमत पार्टीका राष्ट्रिय सचिव तथा प्रभावशाली नेता भोपेन्द्र यादव उम्मेदवार बनेसँगै यहाँको चुनावी माहोलले नयाँ मोड लिएको छ। ‘निकास र विकास’लाई मुख्य एजेन्डा बनाएर घरदैलो अभियानमा सक्रिय यादवप्रति जनसमर्थन...
नागरिकमा रहेको असन्तुष्टि र आक्रोसको जवाफ सुधारबाटै दिनुपर्छ : सभापति थापा
TNV News Update

नागरिकमा रहेको असन्तुष्टि र आक्रोसको जवाफ सुधारबाटै दिनुपर्छ : सभापति थापा

गण्डकी, २३ माघ । नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले नागरिकको असन्तुष्टि र आक्रोसको जवाफ सुधारबाटै दिनुपर्ने बताउनुभएको छ । काङ्ग्रेस कास्कीद्वारा पार्टी कार्यालयमा आज आयोजित सभालाई सम्बोधन गर्दै उहाँले नागरिकहरूमा रहेका सबै असन्तुष्टिको जवाफ दिन जिम्मेवारीअनुसार काम गर्न निर्देशन दिनुभयो । “नागरिकमा रिस गहिरो छ । राज्यका संस्था, संविधान,...
चितवन–१ का उम्मेदवारका अजेन्डामा सुशासन, विकास र रोजगारी
TNV News Update

चितवन–१ का उम्मेदवारका अजेन्डामा सुशासन, विकास र रोजगारी

सनद अधिकारी चितवन, २३ माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै विभिन्न राजनीतिक दलका उम्मेदवारहरू आ–आफ्ना अजेन्डासहित चुनावी मैदानमा उत्रिएका छन् । यसैबिच चितवन क्षेत्र नम्बर १ मा सुशासन, भ्रष्टाचार नियन्त्रण, विकास निर्माण, रोजगारी, कृषि, पर्यटन र नीति निर्माणका विषयलाई केन्द्रमा राख्दै उम्मेदवारहरूले मतदातासमक्ष आफ्नो धारणा सार्वजनिक गरिरहेका छन्...
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव [भिडिओ]
TNV News Update

कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव [भिडिओ]

मनिषा बस्नेत काठमाडौँ, २३ माघ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपा माओवादी ‘गुलाफ’ चुनावचिन्ह लिएर प्रचारप्रसारमा व्यस्त छ । नेकपा माओवादीले प्रचारप्रसार, जनपरिचालन र आफ्ना वैचारिक प्रस्तावहरू जनतामाझ पुर्‍याउने अभियान तीव्र बनाएको हो । माओवादीका महासचिव विप्लवका अनुसार माघ ६ गतेपछि नै...
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
TNV News Update

चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति

खाँदबारी, २३ माघ । चैनपुर नगरपालिका–१ याङसिजुङमा आगलागी हुँदा १५ लाख रूपैयाँ बराबरको धनमाल क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार गएराति चैनपुर नगरपालिका–१ याङसिजुङका दिलप्रसाद लिम्बूको तीन तल घर पूर्ण रूपमा जलेको हो । आगलागीबाट मानवीय क्षति भएको छैन । प्रहरी र स्थानीयको सहयोगमा...
सङ्खुवासभामा नयाँ अनुहारबिच रोचक प्रतिस्पर्धा : कसले मार्ला बाजी ?
TNV News Update

सङ्खुवासभामा नयाँ अनुहारबिच रोचक प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

खाँदबारी, २३ माघ । देशका अन्य निर्वाचन क्षेत्रमा जस्तै सङ्खुवासभामा औपचारिक चुनावी अभियान सुरू नभएता पनि उम्मेदवारहरुले मतदाताको घर दैलोमा भेटघाट तीव्र परेका छन् । प्रारम्भिक विवरणअनुसार आगामी फाल्गुण २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा (एमाले), नेपाली काङ्ग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बिच...
सहिद पुत्री दिवान्सीले दिनदिनै सोध्छिन्– ‘मम्मी, बाबा खोइ ?’
TNV News Update

सहिद पुत्री दिवान्सीले दिनदिनै सोध्छिन्– ‘मम्मी, बाबा खोइ ?’

सुदीप राउत सिरहा, २३ माघ । तीन वर्षीया दिवान्सीले फेरि सोधिन्, ‘मम्मी, बाबा खोइ ?’ अमिरिका चौधरी केही बोल्न खोज्नुहुन्छ, तर गला भरिएर आउँछ, शब्द निस्कँदैनन् । उहाँको काखमा छोरी छ, आँखामा टिलपिल आँसु र मोबाइलको उज्यालो पर्दामा मुस्कुराइरहेका विजय चौधरीको तस्बिर । बाहिर देशभर चुनावी र्‍याली र माइकिङको चर्को...
भारतको कोइलाखानीमा बिस्फोटमा हुँदा खोटाङका दुई युवाको मृत्यु, चार गम्भीर घाइते
TNV News Update

भारतको कोइलाखानीमा बिस्फोटमा हुँदा खोटाङका दुई युवाको मृत्यु, चार गम्भीर घाइते

खोटाङ, २३ माघ । भारतको मेघालयस्थित एउटा कोइलाखानीमा भएको बिस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिका निवासी एउटै घरका दुई जना दाजुभाइको घटनास्थलमै मृत्यु भएको छ । मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको बिस्फोटमा परेर बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित सालघारीभञ्ज्याङ निवासी २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगरको घटनास्थलमै...
धाप्लाङघाट पुल निर्माणले गति लियो, स्ल्याब ढलान सुरू
TNV News Update

धाप्लाङघाट पुल निर्माणले गति लियो, स्ल्याब ढलान सुरू

खोटाङ, २३ माघ । खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसीस्थित धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पुलको कामले गति लिएको छ । ठेकेदारको लापरवाहीले लामो समयसम्म अलपत्र परेको पुल निर्माणले गति लिएसँगै दक्षिणी क्षेत्रका नागरिकमा आशा जगाएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहापोखरी गाउँपालिका–२ सुन्तले र छिमेकी जिल्ला उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने...