निर्वाचन मतदान गर्ने प्रक्रिया मात्र होइन, जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गर्ने माध्यम हो : आयुक्त डा.तुलाधर
काठमाडौँ, २४ माघ । निर्वाचन आयुक्त डा.जानकी कुमारी तुलाधरले लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचन प्रणाली पारदर्शी, निष्पक्ष र विश्वासनीय हुनु आवश्यक रहेको बताउनुभएको छ । निर्वाचन पर्यवेक्षण गर्न अनुमति प्राप्त राष्ट्रिय संस्थाका प्रमुख तथा प्रतिनिधिसँगको छलफलमा उहाँले निर्वाचनलाई स्वच्छ र स्वतन्त्र तुल्याउन निर्वाचन प्रक्रियाको पर्यवेक्षणको भूमिका अत्यन्त महत्त्वपूर्ण रहने उल्लेख गर्नुभयो...
आज कोशी र गण्डकीको हिमाली भू–भागमा हल्का वर्षा/हिमपातको सम्भावना
काठमाडौँ, २४ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । तराई भू–भागका केही स्थानहरूमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशको हिमाली तथा उच्च पहाडी क्षेत्रमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । कोशी...
नेपाली कम्युनिस्ट पार्टी सबैभन्दा नयाँ हो : प्रचण्ड
काठमाडौँ, २३ माघ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिस्ट पार्टी नै अहिलेको सबैभन्दा नयाँ राजनीतिक शक्ति भएको दाबी गर्नुभएको छ । नेपाली कम्युनिस्ट पार्टीको मतदाता भेटघाट तथा पार्टी समायोजन कार्यक्रममा बोल्दै उहाँले नेकपा (एमाले)का महत्त्वपूर्ण नेताहरू पार्टीमा समायोजन भएको उल्लेख गर्नुभयो । समायोजन भएर आएका नेताहरूले...
उज्यालो पार्टीका लागि मधेस प्रदेश महत्त्वपूर्ण : कुलमान घिसिङ
महोत्तरी, २३ माघ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीका लागि मधेस प्रदेश महत्त्वपूर्ण रहेको बताउनुभएको छ । उज्यालो नेपाल पार्टीले आज महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका–२ स्थित महेन्द्र चोकमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले मधेश प्रदेशलाई उज्यालोमय बनाउन आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । अध्यक्ष...
काङ्ग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छ : उपसभापति शर्मा
ललितपुर, २३ माघ । नेपाली काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले हरेक कालखण्डमा काङ्ग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको बताउनुभएको छ । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति ललितपुरद्वारा आज यहाँ आयोजित निर्वाचन विशेष जिल्ला भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले देशमा उत्पन्न विषम परिस्थितिका कारण दुई वर्षअगावै निर्वाचन हुन गइरहेकाले देशको हितमा समन्वय र सहकार्य...
प्राविधिक तथा आर्थिक सहयोग महत्त्वपूर्ण छ : पूर्वराष्ट्रपति डा.यादव
काठमाडौँ, २३ माघ । पूर्वराष्ट्रपति डा.रामवरण यादवले भारतले नेपाललाई गर्दै आएको प्राविधिक तथा आर्थिक सहयोग महत्त्वपूर्ण रहेको बताउनुभएको छ । भारतीय दूतावासले आज आयोजना गरेको ‘६१औँ भारतीय प्राविधिक तथा आर्थिक सहयोग दिवस’मा उहाँले नेपालको विकासमा भारतको योगदानको स्मरण गर्दै प्राविधिक तथा आर्थिक विकासमा पुर्याएको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको हो ।...
झुटा सूचनाले समाजलाई गम्भीर समस्या : विष्णु पौडेल
लुम्बिनी २३, माघ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुटा सूचनाका कारण समाजमा गम्भीर समस्या देखिएको बताउनुभएको छ । उहाँले झुटा सूचनाको फैलावटले समाजमा समस्या सिर्जना गरिरहेको बताउनुभयो । प्रेस चौतारी नेपाल रूपन्देहीले आयोजना गरेको कृत्रिम बुद्धिमत्ता (एआई)सम्बन्धी तालिमको आज बुटवलमा उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले सामाजिक सञ्जालमार्फत फैलिँदै गएको भ्रमपूर्ण...
प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत ८४ लाख ४० हजार मतपत्र छपाइ
काठमाडौँ, २३ माघ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अर्थात् प्रत्यक्ष प्रणालीअन्तर्गत ८४ लाख ४० हजार मतपत्र छपाइ भएको निर्वाचन आयोगले जनाएको छ । आयोगको साप्ताहिक पत्रकार सम्मेलनमा आज दिइएको जानकारीअनुसार प्रत्यक्ष निर्वाचन प्रणालीका लागि आवश्यक पर्ने जम्मा दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ गर्नुपर्ने छ ।...
रुपन्देही–४ मा परिवर्तनको लहरः युवा र महिलाको रोजाइमा भोपेन्द्र यादव !
भैरहवा । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै जाँदा रुपन्देही निर्वाचन क्षेत्र नम्बर–४ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। यस क्षेत्रबाट जनमत पार्टीका राष्ट्रिय सचिव तथा प्रभावशाली नेता भोपेन्द्र यादव उम्मेदवार बनेसँगै यहाँको चुनावी माहोलले नयाँ मोड लिएको छ। ‘निकास र विकास’लाई मुख्य एजेन्डा बनाएर घरदैलो अभियानमा सक्रिय यादवप्रति जनसमर्थन...