सुनिल थापा : पर्दामा कठोर, जीवनमा सरल
प्रमिला कार्की काठमाडौँ, २४ माघ । नेपाली चलचित्र उद्योग शनिबार शोकमा छ । पर्दामा कठोर अनुहार, गम्भीर दृष्टि र बलियो संवादका कारण दर्शकको मनमा डर र प्रभाव छाड्न सफल वरिष्ठ कलाकार सुनिल थापा अब हामीमाझ छैनन् । उनको आकस्मिक निधनले नेपाली चलचित्र क्षेत्र मात्र होइन, कला र सिर्जनाको क्षेत्र नै...
यस पटक काङ्ग्रेसले दुई तिहाइ ल्याउँछ, ०१५ साल दोहोरिन्छ : कबिर राणा
काठमाडौँ, २४ माघ । करिब चार दशकदेखि नेपाली काङ्ग्रेसको सक्रिय राजनीतिमा रहनुभएका कबिर राणा नेपाली काङ्ग्रेसका तर्फबाट भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार हुनुहुन्छ । आफूलाई मिसन पत्रकारितामा स्थापित गराउनुभएका राणा आफ्नो क्षेत्रको विकास, जनताको कल्याण र सामाजिक न्याय सुनिश्चित गर्न निरन्तर प्रयासरत हुनुहुन्छ । पार्टीको नीति र लोकतान्त्रिक...
बाजुराका प्रतिनिधि सभा उम्मेदवार एमाले नेता थापालाई मातृशोक
बाजुरा, २४ माघ । बाजुराका प्रतिनिधि सभा उम्मेदवार बनेका नेकपा (एमाले) नेता लाल बहादुर थापालाई मातृशोक परेको छ । नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्यसमेत रहनुभएका थापाकी आमा कलशी थापाको ८९ वर्षको उमेरमा निधन भएको हो । बुढीगङ्गा नगरपालिका–२ ताप्रास्थित आफ्नै निवासमा निधन भएको पारिवारिक श्रोतले बताएको छ । स्वर्गीय कलशी...
पुस्तक चर्चा : एक फिरन्तेको जीवन कथा
कृष्ण अधिकारी काठमाडौँ, २४ माघ । पछिल्लो समय आत्मकथा लेख्ने लेखाउने क्रम बढ्दै जाँदा अधिकांशले आफ्नो वास्तविक पक्षभन्दा बनावटी प्रसङ्गलाई बढी प्राथमिकता दिएर लेखिएका पुस्तकहरू बजारमा धेरै पाइन्छ । यसमा अपवादको रूपमा रहेको कृति हो ‘एक फिरन्तेको चट्याङे जीवन’ । श्याममोहन श्रेष्ठको आत्मकथा ‘एक फिरन्तेको चट्याङे जीवन’ नेपाली आत्मकथात्मक साहित्यमा...
परिवर्तनका अजेन्डा कार्यान्वयन गर्न उम्मेदवारी दिएको हुँ : निरज लामा
प्रमिला कार्की काठमाडौँ, २४ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का काठमाडौँ क्षेत्र नम्बर ३ का उम्मेदवार निरज लामाले आफू परिवर्तनका अजेन्डालाई व्यवहारमा उतार्न उम्मेदवारी दिएको बताउनुभएको छ । नेपाल न्युज बैङ्कसँगको कुराकानीमा उहाँले २०६२÷६३ को जनआन्दोलनदेखि निरन्तर बामपन्थी राजनीतिमा सक्रिक रहेको उल्लेख गर्दै देशमा देखिएको द्वन्द्व, अन्योल र असमानताकै बिच...
विश्वकप क्रिकेटमा सुखद यात्राको अपेक्षा
राजु सिलवाल काठमाडौँ, २४ माघ । बहुप्रतिक्षित इन्टरनेसनल क्रिकेट काउन्सिल (आइसिसी) पुरुष टी–२० विश्वकप २०२६ ले अबको एक महिना नेपालको साथै विश्वभरकै क्रिकेटप्रेमीहरूको ध्यान आकर्षित गर्दैछ । यही माघ २४ गतेदेखि आगामी फागुन २४ गतेसम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने यस प्रतियोगितामा उदाउँदो क्रिकेट मुलुकको रूपमा परिचित नेपाली...
चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण गराउने ८ मोटरसाइकल नियन्त्रणमा
काठमाडौँ, २४ माघ । काठमाडौँ उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने आठ वटा मोटरसाइकललाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । उपत्यकाका विभिन्न क्षेत्रमा पछिल्लो समय चर्को आवाज निकाल्ने मोटरसाइकलका कारण स्थानीय बासिन्दा हैरान भएको गुनासो बढ्दै गएपछि ट्राफिक प्रहरीले विशेष चेकजाँच अभियान सञ्चालन...
वरिष्ठ कलाकार सुनिल थापाको निधन
काठमाडौँ, २४ माघ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले थापाको निधन भएको पुष्टि गर्नुभएको छ । शङ्खमूलस्थित एक अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली तथा भारतीय...
बेनी–जोमसोम सडकको म्याग्दी खण्डको सडकमा पहिरो रोकथाम योजना सुरू
म्याग्दी, २४ माघ । चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डको सडकमा पहिरो रोकथाम योजना निर्माण थालिएको छ । बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले २५ करोड रूपैयाँको लागतमा सडकमा खस्ने पहिरो र नदी कटान रोकथाम गर्न योजना निर्माण थालेको हो । पहिरो र कटानका कारण सडकमा नियमित यातायात...