उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र छात्रा पुरस्कृत
खोटाङ, २८ माघ । कनककुमारी पोखरेल स्मृति प्रतिष्ठानले रावाबेँसी गाउँपालिकाका छ जना उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र चार जना उत्कृष्ट छात्रालाई नगदसहित पुरस्कृत गरेको छ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलकी स्वर्गीय आमा कनककुमारी पोखरेल र दाजु डोरमणि पोखरेलको सम्झनामा सात लाख रूपैयाँको अक्षयकोषबाट उनीहरूलाई जनही सात हजार रूपैयाँ...
रामेछापको बस दुर्घटना : मृतकको पोष्टमार्टम हुन सकेन
रामेछाप, २८ माघ । रामेछापको मन्थली नगरपालिका–६ स्थिति तामाकोसी नदीमा मङ्गलबार भएको बस दुर्घटनामा ज्यान गुमाएकाको बुधबार बिहानसम्म पनि पोष्टमार्टम हुन सकेको छैन । बसको सञ्चालक पूर्व अरनिको यातायात प्रालि आधिकारी प्रतिनिधि सम्पर्क र छलफलमा नआउँदा पीडित परिवारको माग सम्बोधन हुन नसकेको कारण पोष्टमार्टमको काम अघि बढ्न नसकेको हो ।...
जिप दुर्घटनामा चालकको मृत्यु, तीन जना घाइते
दाङ, २८ माघ । रुकुमपूर्वबाट तुलसीपुरतर्फ आइरहेको ग१ज ५६६१ नम्बरको जिप आज बिहान राप्ती राजमार्गअन्तर्गत कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । कपुरकोटस्थित प्रहरी चौकीका अनुसार रुकुमपूर्वको सिस्ने गाउँपालिका–४ का ३४ वर्षीय जिप चालक विजय विकको घटनास्थलमै मृत्यु भएको हो । अन्य तीन जना घाइतेलाई...
नुवाकोटमा गौरव गर्न लायक काम गरेको छु, मतदाताप्रति विश्वस्त छु : डा.महत [भिडिओ]
काठमाडौँ, २८ माघ । नेपाली काङ्ग्रेसका नेता, पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तरर्गत नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार डा.प्रकाशशरण महतले नुवाकोटलगायत देशभर काङ्ग्रेसका उम्मेदवारहरु बलियो स्थितिमा रहेको प्रतिक्रिया दिनुभएको छ । नेपाल न्युज बैङ्कसँगको विशेष कुराकानीमा उहाँले काङ्ग्रेसका उम्मेदवार र कार्यकर्ताहरु जनताका लागि सुख दुःखका साथी भएकाले जुनसुकै अवस्थामा...
म राजनीतिमा आउँदिन : अभिनेता उप्रेती
काठमाडौँ, २७ माघ । अभिनेता निखिल उप्रेतीले आफू राजनीतिमा नगई कलाकार भएर भूमिका निर्वाह गर्ने बताउनुभएको छ । आज यहाँस्थित बङ्गलामुखी मन्दिरमा चलचित्र ‘कस्तुरी’ को निर्माण घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको जिज्ञासालाई सम्बोधन गर्दै अभिनेता उप्रेतीले विभिन्न पेसा र व्यवसायमा अब्बल व्यक्तिको भूमिका सोही क्षेत्रमा हुनुपर्नेमा जोड दिनुभयो ।...
जलस्रोत, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने कार्कीको प्रतिबद्धता
काठमाडौँ, २७ माघ । नेकपा (एमाले)का तर्फबाट सङ्खुवासभा प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा.अर्जुन कार्कीले जिल्लाको दिगो विकासका लागि जलस्रोत, पूर्वाधार, पर्यटन र स्थानीय रोजगारीलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । चुनावी अभियानका क्रममा भोटखोला सङ्खुवासभामा आयोजित कार्यक्रममा बोल्दै डा.कार्कीले जलस्रोतको हिसाबले सङ्खुवासभा मुलुककै धनी जिल्लामध्ये पर्ने उल्लेख गर्नुभयो । उहाँले...
सवारी दुर्घटनामा परी उपप्रमुख दरैसहित चार घाइते
तनहुँ, २७ माघ । पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको शुक्लागण्डकी–२ दुलेगौँडामा आज सवारी दुर्घटनामा परी व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैसहित चार जना घाइते भएका छन् । जिल्लाको दुलेगौँडाबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०६४ प ०७८३ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ आउँदै गरेको ग१ज ४६६७ नम्बरको ट्याक्सी एकापसमा ठक्कर खाएपछि ट्याक्सी अर्को...
अस्वभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारी बिनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
काठमाडौँ, २७ माघ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउँदा नै आय व्ययको अनुमान अस्वभाविक रुपमा बढाएर राखिएका कारण अर्धवार्षिक समीक्षामार्फत् त्यसलाई घटाउनुपरेको बताउनुभएको छ । अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रमबीच आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री खनालले पूर्व तयारी...
रामेछाप बस दुर्घटना : मृतक १२ मध्ये १० जनाको सनाखत [अपडेट]
रामेछाप, २७ माघ । रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा ज्यान गुमाएका १२ जनामध्ये १० जनाको सनाखत गरिएको छ । मृत्यु हुनेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ का ३८ वर्षीय भीमबहादुर तामाङ, सोही वडाकी ३५ वर्षीया सानुमाया तामाङ, २६ वर्षीया रमिता तामाङ र ३१ वर्षीया तारा तामाङ, लिखु तामाकोशी–४ की...