मकवानपुरमा निर्वाचन तयारी तीव्र, पुराना मतपेटिका मर्मतदेखि सुरक्षा व्यवस्थासम्म
अञ्जली थापा हेटौँडा, १ फागुन । मकवानपुरमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गर्दै तयारी तीव्र पारिएको छ । प्रदेश निर्वाचन कार्यालय हेटौँडाले विगतका निर्वाचनमा प्रयोग भएका मतपेटिकालाई पुनः प्रयोगमा ल्याउने प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार मतपेटिका सफाइ, मर्मत तथा प्राविधिक परीक्षणको कार्यलाई...
प्रधानमन्त्री कार्की ताप्लेजुङमा
ताप्लेजुङ, १ फागुन । प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति गरिएको तयारी तथा शान्तिसुरक्षाको व्यवस्थाका साथै जिल्लाका गतिविधिबारे जानकारी लिन आज यहाँ आइपुग्नुभएको छ । आजै बिहान उहाँले पाथीभरा माताको पूजाअर्चना गर्नुभएको छ । पूजाअर्चनापछि प्रधानमन्त्री कार्कीले “फागुन महिना, निर्वाचन महिना । पाथीभराबाट सुरुवात । शान्तिपूर्ण निर्वाचनका लागि कामना...
विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति…
नारायण न्यौपाने काठमाडौँ, १ फागुन । विश्व शान्तिमा नेपाली शान्ति सैनिक आफूलाई साहासिक, अनुशासित एवम् व्यावसायिक परिचय दिलाउन सफल भएका छन् । सन् १९५८ मा लेबनानमा पाँच सैनिक पर्यवेक्षक खटाइ संयुक्त राष्ट्रसङ्घको विश्व शान्ति अभियानमा सहकार्य सुरु गरेको नेपाली सेना अहिले उक्त विश्व मञ्चको दह्रो सहयात्री बनेको छ । राष्ट्रसङ्घको...
पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अनलाइनबाटै टिकट
ललितपुर, १ फागुन । विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको पाटन दरबार सङ्ग्रहालय अवलोकनका लागि अब घरमै बसेर अनलाइन टिकट बुकिङ गर्न सकिने भएको छ । दरबार सङ्ग्रहालय प्रशासनले स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्य गर्दै अनलाइन टिकट प्रणाली लागु गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।...
पोखरामा दुई सातापछि फोहर उठाउन थालियो
कास्की, १ फागुन । पर्यटकीय राजधानी पोखरामा दुई सातादेखि उठ्न नसकेको फोहर बिहीबार साँझदेखि उठाउन सुरु गरिएको छ । बजार क्षेत्रको सडक छेउ र चोकहरूमा थुप्रिएका फोहर लामो समयदेखि नउठ्दा पोखरा दुर्गन्धित बनेको थियो । पोखरा–३२ लामेआहालमा रहेको अस्थायी फोहर व्यवस्थापन केन्द्र भरिएपछि फोहर उठ्न सकेको थिएन । फोहर व्यवस्थापनका...
स्कुल बस दुर्घटना : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो [अपडेट]
बागलुङ, १ फागुन । बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते भएका २६ मध्ये एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अमन बोहोरा रहेका छन् । दुर्घटनमा घाइते भएकामध्ये ६ जनालाई उपचारका लागि पोखरास्थित गण्डकी अस्पताल पठाइएको प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । घाइतेमध्ये अनिता किसान, अलिना...
तेस्रो मेयरकप भलिबलको उपाधि आमचोकले उचाल्यो
भोजपुर, २९ माघ । भोजपुर नगरपालिकामा भएको तेस्रो मेयरकप भलिबल प्रतियोगिताको उपाधि जिल्लाको आमचोक गाउँपालिकाले उचालेको छ । नगरको वडा नम्बर ४ सिद्धेश्वर दावास्थित कृष्णलक्ष्मी स्पोर्ट्स कम्प्लेक्स परिसरमा आज रामप्रसाद राई गाउँपालिकासँग भएको फाइनल खेलमा आमचोकले उपाधि जितेको हो । आमचोकले तीनवटै सेट २५–२२, २५–२३ र २५–२१ ले जित्दै विजेता...
स्कुल बस दुर्घटनामा २३ विद्यार्थी घाइते
बागलुङ, २९ माघ । बागलुङ बजारमा स्कुल बस दुर्घटना हुँदा २३ विद्यार्थी घाइते भएका छन् । बागलुङ नगरपालिका–१ रामरेखादेखि रातामाटातर्फ जाँदै गरेको ‘न्यु एभरेष्ट बोर्डिङ स्कुल’को ग ३ च ८६२१ नम्बरको बस आज दुर्घटना भएको हो । दुर्घटनाका घाइतेलाई उपचारका लागि धौलागिरि अस्पताल लगिएको सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले...
अग्रता जोगाउन नसक्दा मनाङसँग एपिएफ पराजित
कास्की, २९ माघ । पोखरामा सञ्चालन भइरहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज भएको सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँगको खेल २–१ गोल अन्तरले जित्दै मनाङ अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । एपिएफले...