ललितपुरमा ६८.३३ प्रतिशत मत खस्यो
ललितपुर, २१ फागुन । आज सम्पन्न निर्वाचनमा ललितपुरमा ६८.३३ प्रतिशत मत खसेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले अद्यावधिक गरेको तथ्याङ्कअनुसार अनुसार जिल्लाको तीनवटै क्षेत्रमा रहेका दुई लाख ६९ हजर २५५ मतदातामध्ये एक लाख ८३ हजार ९९८ जना मतदाता सहभागी भइ सफलतापूर्वक मतदान सम्पन्न भएको जिल्ला प्रहरी परिसरका सूचना अधिकारी...
चितवनमा ६४ प्रतिशत मत खस्यो
चितवन, २१ फागुन । आज सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा चितवनमा ६४ दशमलव १२ प्रतिशत मत खसेको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमा आज बिहानदेखि भएको मत दानका क्रममा दुई लाख ८३ हजार ४२८ मत खसेको हो । जसमध्ये ६७ दशमलव २५ प्रतिशत महिला र ६० दशमलव ८९ प्रतिशत पुरुष रहेको प्रमुख...
काठमाडौँका यी स्थानमा हुँदै छ मतगणना
काठमाडौँ, २१ फागुन । प्रतिनिधिसभा सदस्यको निर्वाचन आज सम्पन्न भएसँगै मतगणना तयारी भइरहेको छ । काठमाडौँको क्षेत्र नम्बर १ को मतगणना सहकारी विभागमा हुँदै छ । त्यसैगरी क्षेत्र नम्बर २ को कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालय, क्षेत्र नम्बर ३ को चामुन्डा माध्यामिक विद्यालय नारायणटार, क्षेत्र नम्बर ४ को बूढानीलकण्ठ नगरपालिकाको कार्यालय...
नवपुस्ताका मतदाता भन्छन्- ‘हाम्रो भविष्यसँग फेरि खेलबाड नहोस्’
काठमाडौँ, २१ फागुन । निर्वाचनमा यस पटक नयाँपुस्ता अर्थात् ‘जेनजी’ मतदाताको उत्साह उल्लेख्य देखिएको छ । पहिलोपटक मतदान गर्ने वा विदेशबाट फर्किएर मतदानमा सहभागी हुने युवाहरूले आफ्नो मतलाई देशको भविष्यसँग जोडेर हेरेका छन् । तीन वर्षदेखि अध्ययनका लागि क्यानडामा बस्दै आउनुभएकी २५ वर्षीया सुजानी श्रेष्ठ यस पटकको निर्वाचनमा सहभागी हुन...
मध्याह्न १२ बजेसम्म १८ प्रतिशत मतदान
काठमाडौँ, २१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मध्याह्न १२ बजेसम्म करिब १८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । आज बिहान ७ बजेदेखि सुरु भएको निर्वाचनमा देशभरका सबैजसो मतदान केन्द्रमा मतदान जारी छ । मध्याह्न १२ बजेसम्म देशभर ३१ लाख ६३ हजार ७३६ (करिब १८ प्रतिशत) मत खसेको...
सङ्खुवासभाका १६४ वटै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान जारी
खाँदबारी, २१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जिल्लामा मतदान जारीे छ । जिल्लाको १६४ मतदान केन्द्रमा बिहान ७ बजेदेखि सुरू भएको मतदान उत्साहपूर्वक रुपमा भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको प्रमुख जिल्ला सिर्जना थपलियाले जानकारी दिनुभयो । जिल्लाका सबै मतदानस्थलमा सुरक्षा व्यवस्था मजबुत...
निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउँछ : मुख्यमन्त्री बानियाँ
बागमती, २१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुख्यमन्त्री ईन्द्र बहादुर बानियाँले हेटौँडा उपमहानगरपालिका– १८ स्थित दमनचौर मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । मतदान पश्चात उहाँले लोकतन्त्रलााई बलियो बनाउन मतदान स्वच्छ, निष्पक्ष निर्वाचन आवश्यक रहेको बताउनुभयो । प्रतिनिधिसभा सदस्यनिर्वाचन अन्तर्गत जिल्लाको दुवै निर्वाचन क्षेत्रका मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान जारी छ...
ओखलढङ्गामा दिउँसो १ बजेसम्म २४ दशमलव ५० प्रतिशत मतदान
काठमाडौँ, २१ फागुन । ओखलढुङ्गामा दिउँसो १ बजेसम्म ३० हजार ६७ मत अर्थात् २४ दशमलव ५० प्रतिशत मतदान भएको छ । मतदान गरिसकेका मतदातामध्ये महिला १३ हजार ९८३, पुरुष १६ हजार ८३ र अन्य एक जनाले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । त्यसैगरी जुम्लामा जम्मा २३ हजार ६२५ अर्थात...
एमाले अध्यक्ष ओलीद्वारा मतदान
भक्तपुर, २१ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको छ । अध्यक्ष ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा अवस्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । उहाँले झापाको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिनुभएको छ । ओखलढुङ्गा, दोलखालगायतका जिल्लाको केही मतदान केन्द्रमा...