एमाले शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा छ : अध्यक्ष ओली
झापा, ११ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टी शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा रहेको बताउनुभएको छ । दमकमा आज आयोजित कार्यक्रममा उहाँले नेसनल भोलेन्टियर फोर्स चुनावका लागि मात्रै नभइ दीर्घकालीन रूपमा राष्ट्रको सुरक्षाका लागि गठन गरिएको बताउनुभयो । अध्यक्ष ओलीले आन्दोलनको नाममा विगतमा जस्तो देश...
बस दुर्घटनामा १५ जना घाइते
गाईघाट, ११ फागुन । मदन भण्डारी सडक मार्गस्थित उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा२ख ६२५७ नम्बरको ओखलढुङ्गे डिलक्स बस उदयपुरगढीको अँधेरीको गोलाइमा अनियन्त्रित भइ सडकबाट तर खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले...
मतदाताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छु, चुनाव जित्छु : महेश बर्तौला
काठमाडौँ, ११ फागुन । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमालेका तर्फबाट मकवानपुर–२ बाट उम्मेदवार बनेका महेश बर्तौलाले मतदाताहरुबाट सकरात्मक प्रतिक्रिया पाइरहेको बताउनुभएको छ । नेपाल न्युज बैङ्कसँगको टेलिफोन संवादमा उनले सामाजिक तथा विकाससम्बन्धी विषय मतदाताहरुले उठाइरहेको र त्यसमा काम गर्न आफू तयार रहेको पनि बताउनुभयो ।...
धादिङ बस दुर्घटना : २२ जना घाइतेको काठमाडौँमा उपचार हुँदै, थप १ जनाको मृत्यु
काठमाडौँ, ११ फागुन । पोखराबाट काठमाडौँ आउँदै गर्दा धादिङमा दुर्घटना भएको ग२ख १४२१ नम्बरको यात्रुवाहक बसका घाइते यात्रुमध्ये २२ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार घाइतेमध्ये १२ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र १० जनाको नेशनल अस्पताल कलङ्कीमा उपचार...
धादिङ बस दुर्घटना : मृत्यु हुनेमा तीन जना तनहुँका [अपडेट]
तनहुँ, ११ फागुन । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको ग२ख १४२१ नम्बरको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये तनहुँका तीन जना रहेका छन् । मृतकमध्ये हालसम्म नौ जनाको सनाखत भएको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा...
मतदाता शिक्षालाई कसरी प्रभावकारी बनाउने ?
हरिविनोद अधिकारी काठमाडौँ, ११ फागुन । प्रजातन्त्र या लोकतन्त्रमा जनताले छानेका व्यक्तिहरूले मात्र जनतामाथि शासन गर्न पाउँछन् या आधिकारिकरूपमा सेवा गर्न पाउँछन् भन्ने मान्यता छ । यो नयाँ नभएर धेरै पहिलेदेखिको मान्यता हो र आज पनि त्यो मान्यताका आधारमा जनताका प्रतिनिधि चयन गर्ने अथवा छान्ने प्रक्रियालाई निर्वाचन भनिन्छ । निर्वाचनका...
प्रतिनिधिसभा निर्वाचन : घरदैलोमा व्यस्त ८३ वर्षीय उम्मेदवार हिरण्यप्रसाद
चन्द्रकला भण्डारी झापा, ११ फागुन । झोलामा बोकेका पर्चा र घोषणापत्र बाँड्दै झापा निर्वाचन क्षेत्र नम्बर १ का गाउँबस्तीमा मत मागिरहनुभएको हिरण्यप्रसाद भट्टराई कोशी प्रदेशको १४ जिल्लाका प्रत्यक्षतर्फका उम्मेदवारमध्ये सबैभन्दा पाको उमेरको हुनुहुन्छ । मेचीनगर–१ गाडागल्ली निवासी भट्टराई यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाल किसान मजदुर पार्टीको...
पर्साको वीरगञ्ज महानगर क्षेत्रमा कर्फ्यु आदेश जारी
वीरगञ्ज, ११ फागुन । पर्साको वीरगञ्ज महानगर क्षेत्रमा पछिल्लो शान्तिसुरक्षालाई मध्यनजर गर्दै कर्फ्यु आदेश जारी गरिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आज बिहान ९ः४५ बजेदेखि लागु हुनेगरी महानगरको चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गर्नुभएको हो । आइतबार वीरगञ्ज महानगरको श्रीपुर क्षेत्रमा पार्किङको विषयमा भएको सामान्य विवादबाट...
दुर्घटनामा परेको बस पोखराबाट बेलुका ७ बजे छुटेको थियो
गण्डकी, ११ फागुन । आज बिहान धादिङमा दुर्घटनामा परेको यात्रुवाहक बस पोखराबाट बेलुका ७ बजे छुटेको खुलेको छ । पोखराबाट ३४ जना यात्रुसहितको चलानी लिएर माछापुच्छ्रे टुर्स एण्ड ट्राभल्सको ग २ ख १४२१ नम्बरको उक्त बस पोखराबाट बेलुका ७ बजे छुटेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष ऐनकुमार साईले जानकारी...