दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
प्रतीक्षा आले गोरखा, १८ फागुन । घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब इमिरेट्सको दुबई पुग्नुभएको थियो दिवस श्रेष्ठ । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षीय दिवस चामबहादुर र पवित्राको एकमात्र छोरा हुन् । दिवस गत वर्षको दसैँमा घर आउनुभएको थियो । गाउँकै सरस्वती माध्यमिक विद्यालयबाट एसइई उत्तीर्ण...
रामेछाप दुर्घटना : थप एक जनाको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौँ पठाइयो
मन्थली, १८ फागुन । रामेछापको रामेछाप नगरपालिका–२ देउरालीस्थित सिरुबारीमा भएको दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । यही फागुन २१ मा हुने निर्वाचनका लागि खटिएको निर्वाचन टोली लिएर जाँदै गरेको ना४ख ६७६८ नम्बरको मिनी ट्रक आज दिउँसो दुर्घटनामा परेको थियो । दुर्घटनामा एक जनाको घटनास्थलमा र अर्का एक जनाको...
राष्ट्रपतिबाट राष्ट्रका नाममा सम्बोधन : निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यकता
काठमाडौँ, १८ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई नवीन ढङ्गले परिभाषित गर्दै नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै उहाँले निर्वाचन पछिल्ला उपलब्धिको रक्षा र प्रवर्द्धन...
रामेछाप गाडी दुर्घटना : मृतकको सङ्ख्या दुई पुग्यो [अपडेट]
रामेछाप, १८ फागुन । रामेछापको रामेछाप नगरपालिका–२ देउरालीमा सोमबार कर्मचारीसहित निर्वाचनका सामाग्री बोकेको गाडी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा नेपाल प्रहरीका असई आरपी यादव र वडा कार्यालय भवन रामेछाप नगरपालिका ३ साँघुटार मदतान केन्द्र ‘ख’का मतदान अधिकृत डोरप्रसाद घिमिरे रहेका छन् ।...
निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना, एक जनाको मृत्यु
मन्थली, १८ फागुन । रामेछाप नगरपालिका–२ मा निर्वाचन सामग्री र निर्वाचनमा खटिने कर्मचारी बोकेको गाडी दुर्घटना भएको छ । जिल्लाको साघुटारमा ना ४ ख ६७६८ नम्बरको गाडी दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको र छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक भोला भट्टले जानकारी दिनुभयो ।...
निर्वाचन धाँधलीरहित र निष्पक्ष रुपमा हुनुपर्छ : नेता गुरुङ
लमजुङ, १८ फागुन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता देवप्रसाद गुरुङले आसन्न निर्वाचन धाँधलीरहित र निष्पक्ष रुपमा सम्पन्न हुनुपर्नेमा जोड भएको छ । जिल्ला निर्वाचन परिचालन समिति नेकपा लमजुङद्वारा आज लमजुङको बेँसीसहर नगरपालिका–७ मा आयोजित पत्रकार भेटघाट कार्यक्रममा चुनावमा धाँधली हुन नदिनतर्फ सबै सचेत हुनुपर्ने बताउनुभयो । नेकपाको तर्फबाट लमजुङमा...
‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?
काठमाडौँ, १६ फागुन । आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिँदैछ । निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि आजराति १२ बजेसम्म प्रचारप्रसारको समय प्रदान गरेको छ । मतदान हुनु ४८ घण्टाअघिबाट मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला,...
युएई आक्रमणमा एक नेपालीको मृत्यु, सभापति थापाद्वारा दुःख व्यक्त
काठमाडौँ, १८ फागुन । नेपाली काङ्ग्रेसका सभापति गगनकुमार थापाले संयुक्त अरब इमिरेट्स (युएई)मा भएको पछिल्लो आक्रमणमा परी एक नेपाली श्रमिकको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज शोक विज्ञप्तिमार्फत दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । सभापति थापाले उक्त क्षेत्रमा रहेका...
हुम्लामा हेलिकोप्टरबाट कर्मचारी र निर्वाचन सामग्री ढुवानी
सिमकोट, १८ फागुन । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–४ को चाला र वडा नम्बर ६ लिमीका तीन मदतान केन्द्रका कर्मचारी र सुरक्षाकर्मी तथा निर्वाचन सामग्री नेपाली सेनाको हेलिकोप्टरमा ढुवानी भइरहेको छ । चार मतदान केन्द्रमा खटिएका १०२ कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन प्रहरीलाई हेलिकोप्टरमा त्यसतर्फ पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दले...