Author: The Nepali Video

ओखलढङ्गामा दिउँसो १ बजेसम्म २४ दशमलव ५० प्रतिशत मतदान
TNV News Update

ओखलढङ्गामा दिउँसो १ बजेसम्म २४ दशमलव ५० प्रतिशत मतदान

काठमाडौँ, २१ फागुन । ओखलढुङ्गामा दिउँसो १ बजेसम्म ३० हजार ६७ मत अर्थात् २४ दशमलव ५० प्रतिशत मतदान भएको छ । मतदान गरिसकेका मतदातामध्ये महिला १३ हजार ९८३, पुरुष १६ हजार ८३ र अन्य एक जनाले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । त्यसैगरी जुम्लामा जम्मा २३ हजार ६२५ अर्थात...
एमाले अध्यक्ष ओलीद्वारा मतदान
TNV News Update

एमाले अध्यक्ष ओलीद्वारा मतदान

भक्तपुर, २१ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको छ । अध्यक्ष ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा अवस्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । उहाँले झापाको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिनुभएको छ । ओखलढुङ्गा, दोलखालगायतका जिल्लाको केही मतदान केन्द्रमा...
संविधानको रक्षा गर्ने शक्तिसहितका पक्षमा जनमत आउने विश्वास छ : पूर्वराष्ट्रपति डा.यादव
TNV News Update

संविधानको रक्षा गर्ने शक्तिसहितका पक्षमा जनमत आउने विश्वास छ : पूर्वराष्ट्रपति डा.यादव

धनुषा, २१ फागुन । पूर्वराष्ट्रपति डा.रामवरण यादवले जारी निर्वाचनबाट संविधानको रक्षा गर्न सक्ने शक्तिसहितको पक्षमा जनमत आउने विश्वास व्यक्त गर्नुभएको छ । यहाँको लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित बिपी कोइराला माध्यमिक विद्यालय सपही मतदान केन्द्रमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संविधानको रक्षा र नवयुवाको चाहना सम्बोधन गर्न लोकतान्त्रिक शक्तिलाई चुनेर संसद्मा पठाउन...
१०७ वर्षीय ज्येष्ठ नागरिकद्वारा मतदान
TNV News Update

१०७ वर्षीय ज्येष्ठ नागरिकद्वारा मतदान

तनहुँ, २१ फागुन । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बन्केवा निवासी एक सय सात वर्षीय गणेश बहादुर रावतले आज मतदान गर्नुभएको छ । तनहुँ क्षेत्र नम्बर २ अन्तर्गत निर्मल आधारभूत प्राथमिक विद्यालय, बन्केवा मतदान केन्द्रबाट रावतले मतदान गर्नुभएको हो । मतदानपछि उहाँले आफ्नो मताधिकार प्रयोग गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिनुभयो ।
नेपाली काङ्ग्रेसका सभापति थापाद्वारा मतदान
TNV News Update

नेपाली काङ्ग्रेसका सभापति थापाद्वारा मतदान

काठमाडौँ, २१ फागुन । नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले काठमाडौँको मैतीदेवी मन्दिर मयुर कुण्ड मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । मतदानपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस निर्वाचनले दिने ‘म्यानडेट’ ले आगामी पाँच वर्षमा देश सञ्चालनको मार्गचित्र बनाउने बताउनुभयो । “संविधान ‘लिक’भन्दा बाहिर गइसकेपछि लामो समयसम्म राजनीतिक अनिश्चितता हुन्छ कि...
देश समृद्धिको मार्गमा अग्रसर हुने संयोजक दाहालको विश्वास
TNV News Update

देश समृद्धिको मार्गमा अग्रसर हुने संयोजक दाहालको विश्वास

चितवन, २१ फागुन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि देश समृद्धिको मार्गमा अग्रसर हुने विश्वास व्यक्त गर्नुभएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १४ शान्तिपुरस्थित नेपाल पुुलिस स्कुल मतदान केन्द्र ‘क’बाट मतदान गरेपछि सञ्चारकर्मीहरुलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले राष्ट्र र जनताका पक्षमा काम गर्ने...
होलीमा उच्छृङ्खलता गर्ने ६ जना पक्राउ, ४० विदेशी नम्बरका सवारी साधन नियन्त्रणमा
TNV News Update

होलीमा उच्छृङ्खलता गर्ने ६ जना पक्राउ, ४० विदेशी नम्बरका सवारी साधन नियन्त्रणमा

रौतहट, २० फागुन । होली पर्वको अवसरमा मादक पदार्थ सेवन गरी सार्वजनिक शान्ति सुरक्षामा खलल पार्ने र निर्वाचन आचारसंहिता उल्लंघन गर्ने कार्यमा संलग्नहरूमाथि रौतहट प्रहरीले निगरानी बढाएको छ । यसै क्रममा, होली मनाउने बहानामा मदिरा सेवन गरी उच्छृङ्खल र अराजक गतिविधि गर्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सार्वजनिक...
राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबिच भेटवार्ता
TNV News Update

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबिच भेटवार्ता

काठमाडौँ, २० फागुन । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट गर्नुभएको छ । बुधबार राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री कार्कीले र राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको हो । आज भएको भेटमा समसामयीक राजनीति तथा बिहीबार हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका बारेमा प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको छ ।
निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष
TNV News Update

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

काठमाडौँ, २० फागुन । राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने निर्णय गरेको छ । परिषद्का अध्यक्ष एवम् प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज सिंहदरबारमा भएको बैठकले निर्वाचन सुरक्षा व्यवस्थाको समीक्षा गर्दै निर्वाचनका लागि आवश्यकपर्ने सम्पूर्ण सुरक्षा व्यवस्था भएको...