ललितपुर २ मा रास्वपाका जगदीश खरेल विजयी
काठमाडौँ, २३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेल विजयी हुनुभएको छ । खरेलले ११ हजार ५४७ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रेमकृष्ण महर्जनले एक हजार ५२१ मत प्राप्त गर्नुभएको...
बझाङमा एमालेका उम्मेदवार महर विजयी
चैनपुर, २३ फागुन । प्रतिनिधिसभा निर्वाचन बझाङमा नेकपा (एमाले)का उम्मेदवार ऐन बहादुर महर विजयी हुनुभएको छ । कांग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेहीलाई दुई हजार २३९ मतान्तरले पछि पार्दै महर विजयी हुनुभएको हो । कुल ५७ हजार ९९४ मत खसेकामा महरले १८ हजार ५४३ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी...
सङ्खुवासभामा मतगणना सुरू
खाँदबारी, २३ फागुन । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका सुरू भएको छ । जिल्ला समन्वय समितिको हलमा आज दिउँसो १ बजेदेखि मतगणना सुरू गरिएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिनुभयो । जिल्लाका १० स्थानीय तहमध्ये पहिलो चरणमा मादी नगरपालिकाबाट मतगणनाका सुरू गरिएको छ । दिउँसो १२ः१५ बजेदेखि सुरू हुने...
धनकुटामा एमालेको अग्रता
धनकुटा, २३ फागुन । धनकुटामा नेकपा (एमाले)का उम्मेदवार राजेन्द्र कुमार राई १० हजार ८५३ मतका साथ अगाडि हुनुहुन्छ । उहाँलाई श्रम संस्कृति पार्टीका शानबहादुर राईले सात हजार ५२६ र नेपाली काङ्ग्रेसका दिनेश राईले छ हजार ६७९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभा निर्वाचन : चौतिस स्थानमा रास्वपा विजयी
काठमाडौँ, २३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाअनुसार प्रत्यक्षतर्फ ३४ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी हुनुभएको छ । निर्वाचन आयोगका अनुसार मुलुकका १६५ निर्वाचन क्षेत्रमध्ये हाल गणना भइरहेको १६१ निर्वाचन क्षेत्रमा मध्यान्ह १२ बजेसम्म ८५ स्थानमा रास्वपा नै अगाडि छ । यस्तै, नेपाली कांग्रेसका उम्मेदवार पाँच...
रुपन्देही–२ मा रास्वपाका खरेल निर्वाचित
लुम्बिनी, २३ फागुन । रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल विजयी हुनुभएको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँले ५६ हजार ५५० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विष्णुप्रसाद पौडेलले १२ हजार ८६१ मत प्राप्त गर्नुभएको छ । नेपाली काङ्ग्रेसका चुन्नुप्रसाद...
सरकारले अभिभारा पूरा गरेको छ, निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवारी हस्तान्तरण गर्न आतुर छौँ : गृहमन्त्री अर्याल
सिबी अधिकारी काठमाडौँ, २३ फागुन । गत भदौमा भएको जेनजी आन्दोलनपछि गठन भएको सरकारको एउटा मात्रै जिम्मेवारी थियो, आवधिक निर्वाचन । छोटो समयमा निर्वाचन गर्ने जिम्मेवारीका साथ गठन भएको सरकारमा गृहमन्त्रालयको जिम्मेवारीमा आउनुभएको थियो, ओमप्रकाश अर्याल । जेनजी आन्दोलनका क्रममा कारागारबाट कैदी भागेका थिए, हातहतियारहरु पनि लुटिएका थिए । राजनीतिक...
चितवन–२ मा रास्वपा सभापति लामिछाने भारी मतले विजयी
काठमाडौँ, २३ फागुन । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछाने भारी मतले विजयी हुनुभएको छ । लामिछानले ५४ हजार ४०२ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मिनकुमारी खरेलको १४ हजार ५६४ मत प्राप्त गर्नुभयो...
धनुषा–३ मा रास्वपाका झा विजयी
जनकपुर, २३ फागुन । धनुषा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष झा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँले ४३ हजार ९८८ मत प्राप्त गरी निर्वाचित हुनु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत सुभाषबाबु पुरीका अनुसार सो...