राज्यका नीतिनिर्माण तहमा महिलालाई समावेश गर्न आवश्यक छ : प्रधानमन्त्री कार्की
काठमाडौँ, २४ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले राज्यका नीतिनिर्माण तहमा महिलालाई ल्याउन आवश्यक भएको बताउनुभएको छ । एक सय सोह्रौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज प्रधानमन्त्री कार्यालयमा आयोजित कार्यक्रमा उहाँले समाजमा पछि परेका, विकासको मूलधारबाट वञ्चित महिला बढी प्रताडित हुनुपरेको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “विशेषगरी दलित महिला, कर्णालीका महिला, मधेसका...
खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई निर्वाचित
खोटाङ, २४ फागुन । खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । नेकपा (एमाले)का उम्मेदवार देवविक्रम राईलाई तीन हजार ८९८ मतान्तरले पछाडि पार्दै श्रम संस्कृति पार्टी महासचिव समेत रहनुभएका आरेन निर्वाचित हुनुभएको हो । केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुङ्देका आरेनले १६ हजार ६१२ मत पाउँदा देवविक्रमले १२...
अन्तर्राष्ट्रिय महिला दिवस : अन्धकारमा ज्योति बाल्न सङ्घर्षरत महिला
काठमाडौँ, २४ फागुन । नेपालमा महिलाहरूमा दृष्टिविहीनताको भार पुरुषभन्दा बढी छ । अध्ययनका अनुसार पुरुषभन्दा महिलामा १.३ प्रतिशत गुणाले अन्धोपना हुनसक्ने जोखिम छ । पुरुषभन्दा महिलामा मोतियाबिन्दु, उमेर–सम्बन्धित म्याकुलर डिजेनेरेसन (एएमडी) र आँखा सुक्खा आँखा हुने समस्या बढी देखिन्छन् । महिलामा आँखाको समस्या बढी हुने भए पनि उपचारमा महिलाको पहुँच...
शिक्षकदेखि संसद्सम्म जोशीको यात्रा
कैलाली, २४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगतप्रसाद जोशी कैलाली क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । बझाङको दुर्गम गाउँबाट सुरू भएको उहाँ जीवनयात्रा अहिले संसद्सम्म पुगेको छ । विसं २०४३ असार २८ गते सुदूरपश्चिम प्रदेश बझाङको जयपृथिबी नगरपालिका–२ बाँझगाउँमा जन्मिएका जोशी शिक्षक परिवारका सदस्य...
सामाजिक अभियान्ता हुँदै संसद्सम्मको शर्माको यात्रा
बागलुङ, २४ फागुन । आमयुवा र हाम्रो बागलुङ, हाम्रो जिम्मेवारीका संस्थापक सोम शर्मा युवाको आवाजलाई सडकबाट संसद्को यात्रा थाल्नुभएको छ । हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा आबद्ध शर्माले पश्चिम बागलुङको क्षेत्र नम्बर २ को निर्वाचन जित्न सफल हुनुभएको छ । ३४ वर्षीय शर्मा सामाजिक अभियान्ता, जेनजी आन्दोलनका अगुवा हुँदै प्रतिनिधिसभा...
इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचित
इलाम, २४ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचित हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार एमाले उम्मेदवार नेम्बाङले नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यलाई सात हजार ७७६ मतको फराकिलो अन्तरले पराजित गर्नुभएको हो । नेम्बाङ २२ हजार ४२६ मतका...
गुल्मी–१ मा रास्वपाका सागर ढकाल विजयी
गुल्मी, २३ फागुन । गुल्मी प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकाल विजयी हुनभएको छ । आज दिउँसो सम्पन्न अन्तिम मतपरिणामअनुसार १४ हजार ४६१ मतान्तरसहित ढकाल निर्वाचित हुनुभएको हो । मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलका अनुसार ढकालले २९ हजार ६४२ मत प्राप्त गर्दा निकटतम...
झापा–५ बाट रास्वपाका वरिष्ठ नेता शाह निर्वाचित
झापा, २३ फागुन । झापा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार उहाँले ६८ हजार ३४८ मत प्राप्त गर्नुभएको छ । निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित
म्याग्दी, २३ फागुन । म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा.महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित हुनुभएको छ । बाइस हजार ८५० मतका साथ पुन निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले सात हजार ९१९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत...