काङ्ग्रेसले देशलाई दुर्घटना, द्वन्द्व वा अतिवादमा पर्न नदिने गरी काम गर्छ : गगन थापा
काठमाडौँ, १० चैत । नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले पार्टीले निर्वाचनमा गरेको प्रतिज्ञा अनुसार नै प्रतिपक्षको भूमिका जिम्मेवार ढंगले निर्वाह गर्ने बताउनुभएको छ । मंगलबार केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उहाँले मतदाताले सरकार सञ्चालन गर्न मत नदिएपनि प्रतिपक्षको जिम्मेवारी दिएको बताउनुभएको हो । उहाँले भन्नुभयो, “हामी नागरिकहरूको बिचमा पाँच वर्ष...
शङ्करबेली सिमसारमा दैनिक हजारौँ पर्यटक
धरान, १० चैत । सुनसरीको रामधुनी नगरपालिका–६ स्थित शङ्करबेली सिमसार पछिल्ला समय आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । १३ वर्षअघि स्थापना गरिएको उक्त सिमसार क्षेत्र उपभोक्ता समितिको सक्रियता, संरक्षण, सरसफाइ तथा प्रदेश र स्थानीय सरकारको सहयोगमा पर्यटकीयस्थलका रुपमा विकास गरिएको हो । सिमसार व्यवस्थापन समितिका पूर्वअध्यक्ष रत्न...
डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति
सन्तोष गौतम म्याग्दी, १० चैत । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइनको टावर निर्माण भएको जग्गाका धनीहरूलाई तीन करोड रूपैयाँभन्दा बढी मुआब्जा वितरण भएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गठन भएको उपसमितिले कायम गरेको मूल्यअनुसार टावर निर्माण भएको जग्गाका धनीहरूलाई मात्र हालसम्म तीन करोड...
उज्यालो नेपाल पार्टीको प्रमुख कार्यकारी अधिकृतमा किरण केसी नियुक्त
काठमाडौँ, १० चैत । उज्यालो नेपाल पार्टीका केन्द्रीय समिति सदस्य इन्जिनियर किरण केसीलाई पार्टीको प्रमुख कार्यकारी अधिकृत (सिइओ)पदमा नियुक्त गरिएको छ । उक्त निर्णय सोमबार सम्पन्न उच्चस्तरीय बैठकबाट औपचारिक रूपमा घोषणा गरिएको हो । जसले पार्टीको संगठनात्मक नेतृत्वलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । इन्जिनियर केसी पार्टीभित्र रणनीतिक योजना...
क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो, वार्षिक १६ हजार मृत्यु
प्रमिला कार्की काठमाडौँ, १० चैत । आज विश्व क्षयरोग दिवस । हरेक वर्ष मार्च २४ मा मनाइने विश्व क्षयरोग दिवसले नेपालजस्तो विकासोन्मुख देशका लागि केवल औपचारिकता मात्र नभइ गम्भीर चेतावनी पनि बोकेको छ । क्षयरोग (टिबी) अझै पनि जनस्वास्थ्यको प्रमुख चुनौतीका रूपमा विद्यमान छ । जसले हजारौँ नेपालीको जीवन प्रभावित...
महिलाको हत्याका अभियोगमा किशोर पक्राउ
भैरहवा, १० चैत । शुद्धोधन गाउँपालिका–१ सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या अभियोगमा इलाका प्रहरी कार्यालयले १५ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार गत चैत २ गते राति आफ्नै पसलमा सुतिरहेकी पटवामाथि कैची प्रहार गरी हत्या गरिएको थियो ।...
पर्वतमा ‘बोलेरो जिप’ दुर्घटनामा चालकको मृत्यु
पर्वत, १० चैत । कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास नगरपालिका–४ मुडिकुवास्थित कुश्मा–फलेवास सडकस्थित कालीगण्डकी किनारमा जिप दुर्घटना हुँदा चालक सज्जन परियारको मृत्यु भएको छ । जिल्ला सदरमुकाम कुश्माबजारबाट युरिया मल लिएर फलेवास नगरपालिकातर्फ गइरहेको ग१ज ८०२९ नम्बरको सो जीप सोमबार साँझ सडकबाट झन्डै ३० मिटर तल खसेर दुर्घटना भएको थियो । जिल्ला...
हिंसामुक्त समाज निर्माणमा सबै पक्षको योगदान आवश्यक : मन्त्री श्रेष्ठ
काठमाडौँ, १० चैत । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले समाजमा महिलाविरुद्ध हुने हिंसाका घटना न्यूनीकरण गरी हिंसामुक्त समाज निर्माण गर्न सबै पक्षको योगदान आवश्यक रहेको बताउनुभएको छ । सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा न्यूनीकरणका साथै ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभयो । विभिन्न...
नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार
मधु शाही र सिर्जना राई काठमाडौँ, ९ चैत । प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर हरियाली पारिएको छ । मन्त्रालयका परिसरहरू पनि फूल रोपेर चिटिक्क देखिन्छन् । कतिपय कर्मचारीहरू मन्त्रीका कार्यकक्ष सजाउन खटिएका छन् । नयाँ मन्त्रीको स्वागतमा सजिएका छन्, मन्त्रालयहरू । यसै त वसन्त ऋतुमा सिंहदरबारका...