इनिसा विकलाई न्याय दिनुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन
काठमाडौँ, २८ फागुन । इनिसा विकको हत्यामा संलग्नलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै आज माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । जात व्यवस्था उन्मुलन मोर्चा नेपालको अगुवाइमा दलित समुदायका युवाले इनिसाको बलात्कारपछि हत्या घटनाको निष्पक्ष, पारदर्शी र गम्भीर अनुसन्धान गर्नुपर्ने र पीडितलाई न्यायको निमित्त घटनाको निष्पक्ष, पारदर्शी र गम्भीर अनुसन्धान गर्नुपर्ने...
आरनको भरमा लुहार दम्पतीको जीविका
कञ्चनपुर, २८ फागुन । बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँले फलाम, तामा र सिल्भरका कृषि तथा घरायसी सामग्री निर्माण गरी गाउँ–गाउँ पुगेर बिक्री गर्दै आउनुभएको छ । सहज जीवनयापनको...
सर्लाहीमा निर्वाचन प्रहरीलाई सम्मानसहित बिदाई
मलङ्गवा, २८ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गत माघ १८ गते नियुक्ति भइ विभिन्न मतदान केन्द्र तथा निर्वाचनसम्बन्धी कार्यमा खटिएका निर्वाचन प्रहरीहरूलाई कार्यावधि सम्पन्न भएपछि आज औपचारिक रूपमा बिदाई गरिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आयोजित उक्त बिदाई कार्यक्रममा निर्वाचन अवधिभर खटिएका प्रहरीहरूले आफ्नो जिम्मेवारी निष्ठापूर्वक निर्वाह गर्दै...
रास्वपाले राम्रो काम गरेकाले अहिलेको परिणाम आएको होइन, अब परीक्षा सुरू भयो : सुदर्शन आचार्य [भिडिओ]
काठमाडौँ, २८ फागुन । पछिल्लो चुनावी परिणामले नेपालका परम्परागत राजनीतिक दलहरू नेपाली काङ्ग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्रप्रति जनतामा गहिरो असन्तोष रहेको सङ्केत दिएको राजनीतिक विश्लेषक एवम् लेखक सुदर्शन आचार्यले बताउनुभएको छ । नेपाल न्युज बैङ्कसँगको विशेष कुराकानीमा उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदय कुनै सामान्य चुनावी परिणाम नभइ जनताको...
जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली
काठमाडौँ, २८ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभावमा कमी नहुने बताउनुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएपछि आज पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले सामाजिक सञ्जालमार्फत् यस पटकको निर्वाचनमा आफूले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेको स्वीकार गर्दै...
माथिल्लो ठुलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
म्याग्दी, २८ फागुन । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठुलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । ठुलोखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको भौतिक संरचना, विद्युत्गृहमा उपकरण जडान र प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । आयोजना प्रमुख शिवसागर यादवले भौतिक संरचना निर्माण सम्पन्न गरी...
सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान
कञ्चनपुर, २८ फागुन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै आएको सिँचाइ अभावको समस्या समाधान गरिएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले यहाँ अटोजन (ट्युबेल) बोरिङ जडान गरेपछि स्थानीय किसानलाई सिँचाइ सुविधा उपलब्ध भएको हो । विगतमा सिँचाइको भरपर्दो व्यवस्था नहुँदा खेतबारी बाँझै राख्नुपर्ने बाध्यता...
पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
रुपन्देही, २८ फागुन । रुपन्देहीको मर्चवार क्षेत्रमा सम्मरीमाई गाउँपालिका–३ मा पर्ने भभइ–भटौलिया आसपासका बासिन्दा अझै पनि जोखिमपूर्ण आवतजावत गर्न बाध्य छन् । दानव नदीमाथि पक्की पुल नहुँदा स्थानीयले काठको अस्थायी डुङ्गा र बाँसको पुलको सहारामा दैनिक यात्रा गर्नुपर्ने अवस्था छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ भभइका स्थानीय कोइल लोधका अनुसार नदीको...
चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्
चितवन, २८ फागुन । जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय जना अझै फर्किएका छैनन् । ती मध्ये ११ जना भारतीय नागरिक छन् । यस कारागारबाट भदौ २४ गते चार जना नाबालकसहित ७४३ जना कैदीबन्दी भागेका थिए । ती मध्ये ६४३ जना फर्किसकेका छन् । कतिपय आफैँ फर्किएका हुन्...