Author: The Nepali Video

सेवा प्रवाहका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट छ : गृहमन्त्री अर्याल
TNV News Update

सेवा प्रवाहका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट छ : गृहमन्त्री अर्याल

काठमाडौँ, २ चैत । गृहमन्त्री ओमप्रकाश अर्यालले जिल्ला प्रशासन कार्यालय काठमाडौँले नागरिक सेवाका लागि अवलम्बन गरेको नवीनतम मोडेल उत्कृष्ट रहेको बताउनुभएको छ । प्रधानमन्त्री सुशीला कार्कीका साथमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँको सेवा प्रवाहको स्थितिबारे अनुगमन गर्न त्यहाँ पुग्नुभएका मन्त्री अर्यालले यहाँ कायान्वयनमा ल्याइएको प्रणाली देशभरका सरकारी कार्यालयका लागि नमूना भएको...
नेपालले परराष्ट्र नीतिमा सन्तुलन कायम राख्नुपर्छ : पूर्वपरराष्ट्रमन्त्री कोइराला
TNV News Update

नेपालले परराष्ट्र नीतिमा सन्तुलन कायम राख्नुपर्छ : पूर्वपरराष्ट्रमन्त्री कोइराला

काठमाडौँ, २ चैत । नेपाली काङ्ग्रेसकी नेत्री सुजाता कोइरालाले नेपालले परराष्ट्र नीतिमा सन्तुलन कायम राख्नुपर्ने बताउनुभएको छ । पूर्वउपप्रधान एवम् परराष्ट्रमन्त्रीसमेत रहनुभएकी कोइरालाले आज सञ्चारकर्मीसँग कुरा गर्दै सबै छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई सन्तुलन कायम राख्नुपर्ने बताउनुभएको हो । नेत्री कोइरालाले कांग्रेसलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले पार्टीभित्र...
एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ
TNV News Update

एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ

काठमाडौँ, २ चैत । नेपाल प्रहरीले एक करोड १६ लाख रूपैयाँ नगदसहित दुई हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँको नागार्जुन नगरपालिका–८ भीमढुङ्गाबाट हुण्डीको रकमसहित यहाँको नागार्जुन नगरपालिका–८ भीमढुङ्गाका २८ वर्षीय सागर गिरी र सोही स्थानका २८ वर्षीय प्रमोदप्रसाद धिताललाई पक्राउ गरी आज सार्वजनिक गरेको...
प्राकृतिक उपचारका लागि सिङ्गा तातोपानी
TNV News Update

प्राकृतिक उपचारका लागि सिङ्गा तातोपानी

म्याग्दी, २ चैत । कपिलवस्तुको बाणगङ्गा नगरपालिका–४ का रामलाल चालिसे प्राकृतिक उपचारका लागि म्याग्दीको सिङ्गा तातोपानी कुण्डमा यसपाली दोस्रो पटक आउनुभएको छ । “यसअघि तातोपानीमा प्राकृतिक उपचार गराएपछि निको भएको ग्यास्ट्रिकको समस्या दोहोरिन नदिन यसपाली पनि आएको हो,” उहाँले भन्नुभयो “तातोपानीमा शरीर डुबाउने र पानी सेवन गर्नाले स्वास्थ्यलाई फाइदा गरेको...
वर्षायाममा पुनःनिर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
TNV News Update

वर्षायाममा पुनःनिर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक, २ चैत । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको हाल स्थायी रूपमा पुनर्निर्माण कार्य धमाधम भइरहेको छ । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दुरीका रूपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट थालिएको स्थायी पुनर्निर्माण कार्यलाई तीव्रता दिइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।...
दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी नदी किनारमा चप्पल र मोबाइल फेला
TNV News Update

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी नदी किनारमा चप्पल र मोबाइल फेला

कर्णाली, २ चैत । सुर्खेतको गुर्भाकोट नगरपालिका–११ पिप्ले गाउँकी माया कठायत दुई छोराछोरीसहित सम्पर्कविहीन भएकी छिन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाका अनुसार कठायत ११ वर्षीया छोरी आशा र पाँच वर्षीय छोरा दीपक कठायतसहित आइतबार बिहानदेखि सम्पर्कविहीन भएकी हुन् । श्रीमान् भूपेन्द्र कठायतले आइतबार...
म्याग्दीको रणवाङ–दरवाङ खण्डको सडक अलपत्र
TNV News Update

म्याग्दीको रणवाङ–दरवाङ खण्डको सडक अलपत्र

म्याग्दी, २ चैत । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अलपत्र बनेको छ । रणनीतिक महत्त्वको बेनी–दरवाङ सडकको मङ्गला गाउँपालिका–२ रणवाङदेखि मालिकाको केन्द्र दरवाङ जोड्ने आठ किलोमिटर सडक स्तरोन्नति दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित छ वर्षअघि आयोजना सुरु भएको थियो । विसं २०७६ जेठ ३१ गते निर्माण कम्पनी बिरुवा–क्याराभान...
लमजुङमा वृद्ध मृतावस्थामा फेला
TNV News Update

लमजुङमा वृद्ध मृतावस्थामा फेला

लमजुङ, २ चैत । लमजुङस्थित बेसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाटको मध्य मर्स्याङ्दी जलविद्युत् आयोजनाको ड्याममा एक वृद्ध मृतावस्थामा फेला परेका छन् । बेसीसहर नगरपालिका–११ चितिका ८७ वर्षीय धनबहादुर सिलवाल सो ड्याममा तैरिरहेको अवस्थामा प्रहरीले आइतबार राति फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो,...
अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन
TNV News Update

अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

अर्घाखाँची, २ चैत । डिभिजन वन कार्यालयले यहाँस्थित वन डढेलो नियन्त्रण तथा डढेलोबाट हुनसक्ने क्षति न्यूनीकरणका गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काले वन डढेलो नियन्त्रण र जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउन विशेष वन डढेलो नियन्त्रण दस्ताको नियुक्ति गरिएको जानकारी दिनुभयो । डिभिजन वन...