देश, लोकतन्त्र र संविधानका लागि नयाँ जनमत उपयोग हुन सकोस् : पूर्वराष्ट्रपति डा.यादव
काठमाडौँ, ३ चैत । पूर्वराष्ट्रपति डा.रामवरण यादवले हालैको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट प्राप्त दुई तिहाइ नजिकको जनमतलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गणतन्त्र, संविधान र सङ्घीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष विपुल पोखरेलद्वारा लिखित ‘सङ्कल्पन’ पुस्तकको आज यहाँ लोकार्पण गर्दै उहाँले जेनजी युवाहरूको आन्दोलन,...
नेप्से परिसूचक १३ अङ्कले बढ्यो
काठमाडौँ, ३ चैत । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८१२ दशमलव ३४ बिन्दुमा कायम भएको छ । आज ३४० कम्पनीको तीन करोड ४८ लाख ५२ हजार ७६० कित्ता सेयर एक लाख छ हजार १४०...
इनिशा विक हत्या प्रकरण : दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग
काठमाडौँ, २ चैत । बालिका इनिशा विक हत्यासम्बन्धी घटनाको शीघ्र छानबिन गरी संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न पीडित परिवारले माग गरेको छ । पीडित परिवारका तर्फबाट इनिशा विकका दाइ चन्द्रबहादुर विक र तपेन्द्र विकले आज गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट गरी घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याई पीडितलाई न्याय...
शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता
नारायण ढुङ्गाना काठमाडौँ, २ चैत । काठमाडौँ महानगरपालिका–७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा चित्र कोर्नेबारे सीप सिकिरहेका छन् । सुरुमा स्केच गर्न सिकेका उनीहरु अहिले भित्तामा चित्र बनाउन जान्ने भएका छन् । गत शुक्रबार सुस्मिना काफ्ले भित्तामा चित्र कोरिरहनुभएको थियो । एक हातले रङको डब्बा र अर्को हातले...
रवि लामिछानेको रिट ‘हेर्दाहेर्दै’ मा मङ्गलबार सुनुवाइ हुने
काठमाडौँ, २ चैत । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदन आज हेर्न नभ्याएपछि ‘हेर्दाहेर्दै’मा मङ्गलबार सुनुवाइ गर्ने भएको छ । न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा आइतबारदेखि सुनुवाइ सुरू भएको थियो । आज पनि...
सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन
कर्णाली, २ चैत । सिकार खेल्न भन्दै बर्दिया राष्ट्रिय निकुञ्जतर्फ हिँडेका सुर्खेतको बराहताल गाउँपालिका–१ ज्यामिरेका पाँच र लेकबेँसी नगरपालिका–८ गङ्गटेका एक गरी छ व्यक्ति नौ दिनदेखि सम्पर्कविहीन भएका छन् । सिकार खेल्न जानेहरूमा ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ३० वर्षीय सुनिल समसेली, ३३ वर्षीय टोपबहादुर खत्री, ४१ वर्षीय रविलाल दमाई,...
जनताले दिएको मत परिणामलाई एमालेले सम्मान गर्छ : महासचिव पोखरेल
काठमाडौँ, २ चैत । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले जनताले दिएको मत परिणामलाई एमालेले सम्मान गर्ने बताउनुभएको छ । ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयमा आज प्रदेश तथा जिल्ला अध्यक्षसँग ‘भर्चुअल’ बैठकलाई सम्बोधन गर्दै उहाँले आममतदाताले एमालेसँग सम्बन्धविच्छेद नगरेको बताउनुभयो । उहाँले अध्यक्ष केपी शर्मा ओली, एमालेविरुद्ध नयाँ र पुरानो अनुहार भन्ने...
सेवा प्रवाहका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट छ : गृहमन्त्री अर्याल
काठमाडौँ, २ चैत । गृहमन्त्री ओमप्रकाश अर्यालले जिल्ला प्रशासन कार्यालय काठमाडौँले नागरिक सेवाका लागि अवलम्बन गरेको नवीनतम मोडेल उत्कृष्ट रहेको बताउनुभएको छ । प्रधानमन्त्री सुशीला कार्कीका साथमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँको सेवा प्रवाहको स्थितिबारे अनुगमन गर्न त्यहाँ पुग्नुभएका मन्त्री अर्यालले यहाँ कायान्वयनमा ल्याइएको प्रणाली देशभरका सरकारी कार्यालयका लागि नमूना भएको...
नेपालले परराष्ट्र नीतिमा सन्तुलन कायम राख्नुपर्छ : पूर्वपरराष्ट्रमन्त्री कोइराला
काठमाडौँ, २ चैत । नेपाली काङ्ग्रेसकी नेत्री सुजाता कोइरालाले नेपालले परराष्ट्र नीतिमा सन्तुलन कायम राख्नुपर्ने बताउनुभएको छ । पूर्वउपप्रधान एवम् परराष्ट्रमन्त्रीसमेत रहनुभएकी कोइरालाले आज सञ्चारकर्मीसँग कुरा गर्दै सबै छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई सन्तुलन कायम राख्नुपर्ने बताउनुभएको हो । नेत्री कोइरालाले कांग्रेसलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले पार्टीभित्र...