राजनीतिक कोर्ष बदल्ने बेला आएको छ : प्रचण्ड
काठमाडौँ, २२ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक कोर्ष बदल्नुपर्ने बेला आएको बताउनुभएको छ । माओवादी केन्द्र गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिको दोस्रो अधिवेशन उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । शासकीय स्वरुप र निर्वाचन प्रणाली बदलेर मात्रै राजनीतिक कोर्ष बदल्न सकिने उहाँले स्पष्ट गर्नुभयो ।...
एक हप्ताभित्र निर्माण व्यवसायीहरुको भुक्तानी हुन्छ : मन्त्री पौडेल
काठमाडौँ, २२ मंसिर । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकार र निर्माण व्यवसायीको बीचको सम्बन्ध भनेको नङ र मासुको जस्तो भएको बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित ‘विकास बजेटको परिचालनः सरकार र निजी क्षेत्रको भूमिका’ विषयक छलफल कार्यक्रममा उहाँले सरकार र निर्माण व्यवसायीको लक्ष्य एउटै भएको भन्दै विरोध गरेर होइन,...
चीनमा प्रधानमन्त्री ओलीको अन्तरवार्ता : ‘हाम्रो सबैसँग मित्रता छ, कसैसँग शत्रुता छैन’
काठमाडौँ, २२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिकूल परिस्थितिमा पनि सत्य र न्यायप्रति अटल रहेन प्रतिवद्धता जनाउनुभएको छ । बुधबार चाइना मिडिया ग्रुपसँगको एक विशेष अन्तर्वार्तामा उहाँले आफ्नो राजनीतिक करियर र व्यक्तिगत जीवनका बारे खुलेर आफ्ना धारणाहरु राख्नुभएको थियो । त्यसक्रममा उहाँले किशोर अवस्थामा आफू हजुरआमा र अन्य अभिभावकहरू...
कोइराला निवासमा देउवा र शशांक
काठमाडौँ, २२ मंसिर । विराटगर रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवा डा.शेखर कोइराला बस्दै आउनुभएको कोइराला निवास पुग्नुभएको छ । उहाँ नेता डा.शशांकको साथमा कोइराला निवास पुग्नुभएको हो । प्रथम कोशी सम्मेलनमा भाग लिन विराटनगर पुग्नुभएका देउवा कोइराला निवास पुग्नुभएको होे । स्वर्गीय कृष्णप्रसाद कोइरालाले डेढसय वर्ष पहिले बनाएको घरमा पुगेका...
प्रताप दास र सुमी पराजुलीको स्वरमा ‘माया गर्ने तरिका’ सार्वजनिक [भिडिओ]
काठमाडौँ, २२ मंसिर । प्रताप दास र सुमी पराजुलीको स्वरमा रहेको गीत ‘माया गर्ने तरिका’ सार्वजनिक भएको छ । यादव लम्सालको शब्द, अर्जुन पोख्रेलको संगीत र नरेश विविसीको मिक्सिङ र माष्टरिङ रहेको गीतको भिडिओ सार्वजनिक भएको हो । मुस्कान ढकालको निर्देशन रहेको प्रेम भावको गीतको भिडिओमा रमेश विश्वकर्मा, कविता नेपाली,...
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनीको लगातार तेस्रो हार
काठमाडौँ, २२ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित हात पारेको छ । शनिबार भएको खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्दै सुदूरपश्चिमले अपराजित यात्रा कायम राखेको हो । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४२...
बिआरआई नेपालको हितमा छ, हस्ताक्षर गर्नु अगाडि सरकारले नाटक देखायो : झलनाथ खनाल
काठमाडौँ, २२ मंसिर । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल स्वदेश फिर्ता हुनुभएको छ । बेल्ट एण्ड रोड फोरममा सहभागी हुन चीन प्रस्थान गर्नुभएका उहाँ शनिबार स्वदेश फिर्ता हुनुभएको हो । स्वदेश र्फिता भएसँगै त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले बिआरआईको फ्रेमवर्कमा हस्ताक्षर भएकोप्रति खुसी लागेको बताउनुभयो । उहाँले...
हवाई दुर्घटना अनुसन्धान गर्ने स्थायी आयोग गठन चाँडै : मन्त्री पाण्डे
काठमाडौँ, २२ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सुरक्षित र नियमित आकाश नेपालीको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसर पारेर आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले सुरक्षित र नियमित उडान सञ्चालनमा जोड दिनुभयो । पछिल्लो समय तथ्य र तथ्याङ्कभन्दा पनि लहडको भरमा काम...
आँखा अस्पतालले खेलाडीहरुको उपचार खर्च मिनाहा गरोस् : मन्त्री चौधरी
काठमाडौँ, २२ मंसिर । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल आँखा अस्पताललाई खेलाडीहरुलाई उपचार खर्च मिनाहा गर्ने सम्झौता गर्ने प्रस्ताव राख्नुभएको छ । शनिबार नेपाल आँखा अस्पतालको २०औँ साधारणा सभालाई सम्बोधन गर्दै उहाँले अन्तर्राष्ट्रिय स्तरमा खेलेका खेलाडीहरुलाई सरकारले रोजगारी र स्वास्थ्य सुविधा दिन नसकेको भन्दै खेलाडीहरुलाई उपचार खर्च मिनाहा गर्ने...