क्षमताका आधारमा पार्टीमा नवप्रवेशीलाई ‘उचित स्थान’ दिने माओवादीको निर्णय
काठमाडौँ, २८ मंसिर । नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नेलाई उचित स्थान दिने निर्णय गरेको छ । यसअघि माओवादीमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताले जिम्मेवारी नपाएको निष्कर्ष निकाल्दै अब भने क्षमताका आधारमा उचित स्थान दिने निर्णय स्थायी समितिले गरेको छ । साथै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा...
नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागो बनेर रहेको छ : प्रधानमन्त्री ओली
काठमाडौँ, २८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोका रुपमा रहेको बताउनुभएको छ । नवौँ नानहाई बौद्ध सम्मेलनको काठमाडौँ फोरमलाई आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले उक्त धागोले हाम्रा दुई राष्ट्रहरूको आध्यात्मिक र सांस्कृतिक कपडालाई एकसाथ बुन्ने तथा सद्भाव र समझदारीको दिगो बन्धनलाई...
उपलब्धिहरुलाई हामीले अनुभूतिमा बदल्न सकेका छैनौँ : मन्त्री पौडेल
काठमाडौँ, २८ मंसिर । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्राप्त गरेको उपलब्धिहरुलाई अनुभूतिमा बदल्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार ब्रिजवाटर अभिनन्दन कार्यक्रम २०८१ लाई सम्बोधन गर्नुहुँदै उहाँले हामीले थुप्रै उपलब्धिहरु हासिल गरिसकेको भएता पनि अनुभूतिमा बदल्न नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले उपलब्धि थुप्रै हासिल गरेका छौँ तर...
आधुनिक न्याय प्रणालीका लागि एडिआरको भूमिका महत्त्वपूर्ण : न्यायधीश रेग्मी
काठमाडौँ, २८ मंसिर । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले एडिआर (वैकल्पिक विवाद समाधान)ले न्यायसम्म पहुँच विस्तार र विवाद समाधानका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । बिहीबार नेपाल अन्तर्राष्ट्रिय एडिआर केन्द्रको आयोजनामा ‘नेपाल वैकल्पिक विवाद समाधान सप्ताह २०२४’ को उद्घाटन समारोहमा बोल्नुहुँदै उहाँले आधुनिक न्याय प्रणालीका लागि एडिआरको भूमिका महत्त्वपूर्ण...
अन्तिम खेलमा लुम्बिनी पराजित, कर्णालीको प्लेअफ सम्भावना बलियो
काठमाडौँ, २८ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल)को २२औँ खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले हराउँदै प्लेअफको सम्भावना बलियो बनाएको छ । १२९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १२३ रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि टम मुर्सले सर्वाधिक ३६ रन जोडे । उनले...
निजामति विधेयक पारित गर्न मन्त्रालय क्रियाशील छ : मन्त्री गुप्ता
काठमाडौँ, २८ मंसिर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामति सेवा ऐन संसद्बाट पारित गराउन आफू र आफू नेतृत्वको मन्त्रालय क्रियाशील रहेको बताउनुभएको छ । बागमती प्रदेशस्तरीय स्थानीय तहका असल अभ्यास र सिकाइसम्बन्धी अनुभव आदानप्रदान कार्यक्रमलाई मंगलबार चितवनमा सम्बोधन गर्नुहुँदै उहाँले संघीयतालाई मार्ग प्रष्ट गराउनेगरी तयार भएको...
नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि विश्वसनीय र तटस्थ स्थलको रूपमा स्थापित गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौँ, २८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि एक विश्वसनीय र तटस्थ स्थलको रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बिहीबारदेखि ललितपुरमा नेपालको अन्तर्राष्ट्रिय वैकल्पिक विवाद समाधान केन्द्रद्वारा आयोजित उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधान सम्बन्धी सम्मेलनमा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय विवाद...
तीनै तहको सरकारलाई समान अधिकार दिइएको छ : गृहमन्त्री लेखक
काठमाडौँ, २७ मंसिर । गृहमन्त्री रमेश लेखकले संविधानमा तीनै तहको सरकारलाई समान अधिकार दिएको बताउनुभएको छ । बिहीबार काठमाडौँमा आयोजित शान्ति, सुरक्षा तथा विपद् व्यवसथापनसम्बन्धी अन्तर प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा उहाँले तीन तहको सरकार फरक भए पनि अधिकार एउटै भएको भन्दै यो सबै व्यवस्था एकआपसमा जोडिने आधार भनेको सहकारिता र समन्वय...
एसिया कप खेल्ने महिला यू–१९ टिमको बिदाई
काठमाडौँ, २७ मंसिर । एसिसी महिला यू–१९ एसिया कपका लागि सहभागी हुने नेपाली टोलीलाई बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार एसिसी महिला यू–१९ एसिया कप खेल्ने नेपाली टोलीलाई बिदाई गरेको हो । पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको छ । टोलीको उपकप्तानमा सोनी पाख्रिन तथा...