‘कार्साङ’ चलचित्र गहन विषयमा बनेको निर्देशकको दाबी
काठमाडौँ, १६ पुस । चलचित्र ‘कार्साङ’ का कलाकार तथा निर्देशकले गहन विषयमा दर्शकको मन छुने चलचित्र बनेको बताएका छन् । कुनै समुदाय र ठाउँ विशेषको कथा भए पनि सबैको मन जित्ने कथामा चलचित्र बनेको कलाकार र निर्देशकको भनाइ छ । आर्थिक अवस्था कमजोर भएको क्यारेक्टरमा आफू ‘कार्साङ’ मा रहेको बताउँदै...
बैतडीमा ४.६ म्याग्निच्युडको भूकम्प
बैतडी, १६ पुस । बैतडीमा आज बिहान ७ बजेर ५४ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको छ । बैतडीको सिगास गाउँपालिका न्वाघर केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । भूकम्पको कारण कुनै धनजनको क्षति भएको छैन । पछिल्लो समय बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका...
सहकारी अध्यादेश : के थपियो, के हटाइयो ?
सुस्मिता बानियाँ काठमाडौँ, १५ पुस । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी समस्या समाधानका लागि तुरुन्त प्रारम्भ हुने गरी अध्यादेशमार्फत् ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गर्नुभएको छ । सहकारीसम्बन्धी केही नेपाल ऐनलाई तत्काल संशोधन गर्न आवश्यक भएको र हाल संघीय संसद्को अधिवेशन चालु नभएकाले नेपालको संविधानको धारा...
ओमोडाको ब्रान्ड एम्बेसडरमा दीपेन्द्रसिंह ऐरी
काठमाडौँ, १५ पुस । ओमोडाको ब्रान्ड एम्बेसडरका रूपमा नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरीलाई अनुबन्ध गरेको छ । सोमबार एक कार्यक्रमबीच ऐरीले ब्रान्ड एम्बेस्डरका रुपमा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । साथै ऐरीलाई ओमोडा ई फाइभ हस्तान्तरण समेत गरिएको छ । ऐरी हालै सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोएल्सका...
‘ड्रागन बोट रेस फेस्टिभल’ नेपाललाई पर्यटकिय गन्तव्यको रुपमा प्रचार गर्ने महत्त्वपूर्ण कदम हो : मुख्यमन्त्री पाण्डे
काठमाडौँ, १५ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ड्रागन बोट रेस फेस्टिभलले नेपालको सरकारी निकायहरु र नेपालस्थित चिनियाँ राजदूतावासबीचको सशक्त सहकार्य र साझेदारीलाई प्रतिबिमित गरेको बताउनुभएको छ । सोमबार पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’ मा बोल्दै उहाँले यो खेलकुद कार्यक्रम मात्रै नभइ सांस्कृति आदानप्रदनको लागि एउटा राम्रो मञ्चसमेत भएको...
त्रिचन्द्रले मन्त्री र प्रधानमन्त्री जन्मायो तर घन्टाघरप्रति चासो दिएनन् : गणेश सापकोटा [भिडिओ]
मेरो जन्म काठमाडौँमा नै भएको हो । साङ्ला गाविस वडा नम्बर १ हालको तारकेश्वर नगरपालिमा जन्मिएको हुँ । तर, अहिले बलम्बु बस्छु । त्यहाँ दुईवटा घर बनाएको छु । पढाई धेरै नभएपनि दश कक्षासम्म अध्ययन गरेको छु । घर छोड्दा बाह्र वर्षको थिए । म कामकै सिलसिलामा सहर आएको हुँ...
नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता
काठमाडौँ, १५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा लुुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच सहकार्य सम्झौता भएको छ । सोमबार प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको कार्यक्रममा लुुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्य र बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयका अध्यक्ष त्वाङ फङबीच सहमतिपत्र आदानप्रदान भएको हो...
भुल्के गाउँको पीडा : पानी ट्यांकी, घर–घरमा धारा छ तर पानी छैन
सिरहा, १५ पुस । पानी ट्यांकी छ । घर घरमा धारा छन् । तर, खानेपानी छैन । खानेपानीको अभावमा २० घर दलित परिवारसहित झण्डै ८० घरधुरी काकाकुल छन् । यो अवस्था हो गोलबजार नगरपालिका वडा नम्बर १ भुल्के गाउँको । २०७९ सालमा पुराना मेयर देवनाथ साहलाई प्रतिस्थापन गर्दै मेयर श्यामकुमार...
संस्कृतिमा हामी नेपाली धेरै धनी छौँ : प्रधानमन्त्री ओली
काठमाडौँ, १५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुङ समुदायको प्रमुख पर्व तमु ल्होसार अवसरमा शुभकामना दिनुभएको छ । सोमबार सामाजिक सञ्जालमार्फत् शुभकामना दिँनुहुँदै उहाँले तमु ल्होसार सम्झदा शिरमा शिरबन्दी, शरीरमा मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु लगाएर मजेत्रो ओढेर घाटु, सोरठी र कौडा नाचेका गुरुङ महिला तथा भोटोमाथि भाङ्ग्रो...