अकूत सम्पत्ति कमाएको अभियोगमा सिंचाइ विभागका इन्जिनियरविरुद्ध मुद्दा दायर
काठमाडौँ, २९ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिंचाइ विभागमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले श्रेष्ठ सार्वजनिक सेवामा प्रवेश गरेदेखिको आर्जनको हिसाब किताब गरेको जनाएको छ । इन्जिनियर श्रेष्ठ २०४६ असार ३० गते सरकारी सेवामा...
सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
काठमाडौँ, २९ पुस । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १ सय रुपैयाँले बढेको हो । आइतबार प्रतितोला १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोवार भएको सुन आज १ लाख ५५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ...
हामीले खाने बिहान बेलुकीको खाना आयात गरेर खान नपरोस् : मन्त्री अधिकारी
काठमाडौँ, २८ पुस । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले बिहान बेलुकीको खाना आयात गरेर खान नपरोस् भन्ने उद्देश्य मन्त्रालयले बोकेको बताउनुभएको छ । आइतबार काठमाडौँमा आयोजित कृषि अनुदान, रासायनिक मल एवम् धानको उत्पादन आ.व २०८१, ८२ को विवरण सार्वजनिकीकरण कार्यक्रममा उहाँले नेपालमा निर्यात गर्न सक्ने क्षमता रहेको भन्दै आयातको...
लोकतान्त्रिक अधिकारहरुको दुरुपयोग भइरहेको छ : प्रदीप ज्ञवाली
काठमाडौँ, २८ पुस । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले लोकतन्त्रले दिएका अधिकारहरुको दुरुपयोग हुने गरेको बताउनुभएको छ । राष्ट्रिय सूचना आयोगले गरेको सूचनाको हकसम्बन्धी कानुनको अभ्यास विषयको अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले लोकतन्त्रको सही र मर्यादित प्रयोग भएमात्र लोकतन्त्र सुदृढ हुन सक्ने भन्दै लोकतन्त्रले दिएका अधिकारहरुको दुरुपयोग हुने गरेको बताउनुभयो ।...
नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलालको स्मृतिमा लोकमार्ग घोषणा
रामेछाप, २८ पुस । नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलालको स्मृतिमा कृष्णलाल लोकमार्ग नामाकरण गरिएको छ । ‘मकैको खेती’ नामक ऐतिहासिक कृतिका लेखक स्वर्गीय कृष्णलाल अधिकारीको स्मृतिमा रामेछापको मन्थलीबाट कठजोर हुँदै धोबी पुग्ने सडकलाई ‘कृष्णलाल लोकमार्ग’ नामाकरण गरिएको हो । शुक्रबार सम्पन्न मन्थली नगरपालिकाको १६औँ नगर अधिवेशनले सो सडकलाई कृष्णलाल...
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको कार्यालयको प्रतिवेदन पेश
काठमाडौँ, २८ पुस । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति पौडेलसमक्ष सो प्रतिवेदन पेश गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति पौडेलले सरकारी मुद्दाको अनुसन्धान, अभियोजन, बहस, पैरवी र प्रतिरक्षालगायतका कामहरु अझ...
अधिकार लिन पनि सक्ने र दिन पनि सक्ने प्रदेश चाहिएको हो : प्रमुख बालेन शाह
काठमाडौँ, २८ पुस । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले स्थानीय तहलाई बलियो बनाउन अधिकार दिन सक्ने प्रदेश सरकार चाहिएको बताउनुभएको छ । आज बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव डा.हरिप्रसाद लम्सालसँगका भेटमा उहाँले यस्तो बताउनुभएको हो । ‘आफूले संघबाट अधिकार लिन सक्ने र स्थानीय तहलाई बलियो बनाउन...
ललितपुर महानगरसँगको सहकार्यमा पाटन अस्पतालको शव गृहको स्तरोन्नति
ललितपुर, २८ पुस । पाटन अस्पतालमा रहेको शव गृहको स्तरोन्नति गरिएको छ । ललितपुर महानगरसँगको सहकार्यमा पाटन अस्पतालले शव गृहको स्तरोन्नति गरिएको हो । चारवटा शव राख्न मिल्ने उक्त गृहमा अब २४ वटा लाश राख्न सकिने छन् । थपिएको शव गृहको बारेमा जानकारी दिन आइतबार अस्पतालमा आयोजित कार्यक्रममा नगर प्रमुख...
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । साताको पहिलो कारोबार दिन आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १६ सय रुपैयाँले बढेको हो । शुक्रबार एक लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज छापावाला सुन एक लाख ५५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।...