रवि लामिछानेलाई हिरासतमै पठाउन आदेश
काठमाडौँ, २९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई न्यायाधीशले हिरासतमै पठाउन आदेश दिएका छन् । सोमबार बबरमहलस्थित काठमाडौँ जिल्ला अदालतले उक्त आदेश दिएको हो । सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहसका निम्ति उनलाई सोमबार अदालतमा लगिएको थियो । सोमबार थुनछेक बहस नसकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीले हिरासतम पठाउने...
संयुक्त राष्ट्र संघको महासभामा भएको सहभागिताले नेपाललाई सशक्त रुपमा प्रस्तुत गर्न योगदान पुगेको छ : परराष्ट्रमन्त्री राणा
काठमाडौँ, २९ पुस । परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन र संयुक्त राष्ट्रसंघको भ्रमणबारे जानकारी गराउनुभएको छ । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको बैठकमा उहाँले प्रधानमन्त्रीबाट संयुक्त राष्ट्र संघको ७९औँ महासभामा भएको सहभागिताले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउन र विश्व मञ्चमा नेपाललाई सशक्त रुपमा प्रस्तुत...
एमालेको कारबाहीप्रति आक्रोश: ‘फरक मत राख्नेमाथि कारबाही गरिनु गलत’
काठमाडौँ, २९ पुस । राजनीतिक दलहरुले भिन्न मत राख्नेहरुलाई कारबाहीको डण्डा चलाएर लोकतन्त्रमाथि धावा बोलेको एक कार्यक्रमका वक्ताहरुले धारणा राखेका छन् । मायाको पहिचान नेपालले सोमबार आयोजना गरेको अन्तरक्रियामा बोल्दै वक्ताहरुले दलहरुमा लोकतान्त्रिकीकरण आवश्यक भएको औंल्याए । बृहत् नागरिक आन्दोलनका अगुवा सञ्जिव उप्रेतीले दलहरुभित्र लोकतन्त्रको अभ्यास कमजोर रहेकाले नागरिक तहबाट...
बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मतमा तत्काल ध्यान दिन सरकारलाई प्रचण्डको आग्रह
सिन्धुपाल्चोक, २९ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरोबाट क्षतिग्रस्त सडकको तत्काल मर्मत गरी सहजरुपले सञ्चालन गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभएको छ । उहाँले सिन्धुपाल्चोकको सुकुटेमा पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माण लगायतका विषयमा जानकारी लिएपछि भौतिक योजना मन्त्रालयका सचिवलाई फोन...
कबड्डी लिग माघ ४ गतेदेखि हुने
काठमाडौँ, २९ पुस । नेपाल कबड्डी लिग (एनकेएल) आगामी माघ ४ गते हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा आगामी माघ ४ गतेदेखि नेपाल कबड्डी लिग हुन लागेको हो । खेलअघि सोमबार काठमाडौँमा खेलाडी र पत्रकारबीच भेटघाट कार्यक्रम भएको छ । सोही क्रममा नेपाली राष्ट्रिय कबड्डी टोलीका कप्तान...
धनुषा प्रहरीविरुद्ध युवाहरुले गरे टायर बालेर प्रदर्शन
जनकपुर, २९ पुस । जनकपुरधाममा युवाहरुले टायर बालेर धनुषा प्रहरीविरुद्ध नाराबाजी एवम् प्रदर्शन गरेका छन् । सोमबार नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियुका युवाहरुले जनक चोकमा टायर बालेर प्रदर्शन गर्नुका साथै धनुषा प्रहरीविरुद्ध नाराबाजी गरेका छन् । घर भाडाको विषयमा छलफल गर्न जिल्ला प्रहरी कार्यालय धनुषा पुगेका युवाहरु र अर्को पक्षबीच...
बुहारीको हत्या गरी फरार सासु चार वर्षपछि पक्राउ
काठमाडौँ, २९ पुस । रौतहट प्रहरीले बुहारीको हत्या गरी फरार भएकी सासुलाई चार वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय रौतहट तथा मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले ६२ वर्षीया सायरा खातुनलाई पक्राउ गरेको हो । चार वर्षअघि आफ्नै बुहारीको हत्या गरी फरार भएकी खातुनलाई पुस २६ गते गढीमाई नगरपालिका–२...
स्थानीय सरकार भनेको जनताको सरकार हो : उपप्रमुख डंगोल
काठमाडौँ, २९ पुस । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्थानीय सरकार भनेको जनताको सरकार भएको बताउनुभएको छ । सोमबार फास्टफुड एसोसियसन नेपालको आठौँ राष्ट्रिय अधिवेशनको समुद्घाटन समारोहमा बोल्नुहुँदै उहाँले सबैभन्दा बढी आम नागरिक र समुदायलाई चिनेको बुझेको सरकार नै स्थानीय सरकार भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आम नागरिकले धेरै राम्रोसँग...
देवघाट महामहोत्सवका लागि नेपाल आइपुगिन् देवी प्रतिभा
काठमाडौँ, २९ पुस । विश्व चर्चित कथावाचिका देवी प्रतिभा नेपाल आइपुग्नुभएको छ । माघ १ गतेदेखि सुरु हुन लागेको देवघाट महामहोत्सवका लागि विश्व चर्चित कथावाचिका देवी प्रतिभा नेपाल आउनुभएको हो । आइतबार भारतबाट हिँड्नुभएकी उहाँ १५ जनाको सदस्यसहित नेपाल आइपुगेको आयोजक कमिटीका सदस्य नारायण भण्डारीले जानकारी दिनुभयो । देवी प्रतिभाले...