Author: Admin

नेपाल अष्ट्रेलियासँग पराजित भएसँगै विश्वकपबाट बाहिरियो
TNV News Update

नेपाल अष्ट्रेलियासँग पराजित भएसँगै विश्वकपबाट बाहिरियो

काठमाडौँ, ९ माघ । आइसिसी महिला यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताबाट नेपाल बाहिरिएको छ । बुधबार भएको समूहचरणको अन्तिम खेलमा उपाधि दाबेदार अष्ट्रेलियासँग ८३ रनको फराकिलो हार व्यहोर्दै नेपालले विश्वकप यात्रा टुंग्याएको हो । मलेसियाको बाङ्गीस्थित युकेएल क्रिकेट ओभलमा बुधबार भएको खेलमा नेपाल अष्ट्रेलियासँग ८३ रनले पराजित भएको हो । यससँगै...
पोखरीमा पुरुषको शव फेला
TNV News Update

पोखरीमा पुरुषको शव फेला

धनुषा, ९ माघ । धनुषाको छिरेश्वरनाथ नगरपालिका–८ मा रहेको पोखरीमा बुधबार एक पुरुषको शव फेला परेको छ । दिगम्बरपुरस्थित विद्यालय नजिक रहेको पोखरीमा स्थानीयहरुले शव तैरिरहेको अवस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । खबर प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोली घटनास्थलमा पुगेर अनुसन्धान कार्य अघि बढाएको छ । इलाका...
नक्कली पेस्तोल देखाएर रकम असुल्ने व्यक्ति पक्राउ
TNV News Update

नक्कली पेस्तोल देखाएर रकम असुल्ने व्यक्ति पक्राउ

रौतहट, ९ माघ । नक्कली पेस्तोल देखाएर रकम असुली गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । ईशनाथ नगरपालिक वडा नम्बर ४ मठियास्थित इलाकामा सीमा क्षेत्रका व्यक्तिसँग नक्कली पेस्तोल देखाएर रकम असुली गरेको आरोपमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोतीहारी ग्राम पञ्चायत रोही वडा नम्बर...
सञ्चारकर्मी गीता अधिकारीको ‘मेरा कलमका डोबहरू’ लोकार्पण
TNV News Update

सञ्चारकर्मी गीता अधिकारीको ‘मेरा कलमका डोबहरू’ लोकार्पण

काठमाडौँ, ९ माघ । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेख संग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ । अधिकारीको उक्त पुस्तक मंगलबार काठमाडौँमा एक विशेष समारोहबीच नेपाली चलचित्र क्षेत्रको प्रथम नायिकाद्वय चैत्यदेवी सिंह र भुवन चन्दको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो । यसअघि ‘मैले पढेका ५१ पुस्तक’ पाठकमाझ ल्याउनुभएकी अधिकारीले...
डेढ किलो गाँजासहित ३ जना पक्राउ
TNV News Update

डेढ किलो गाँजासहित ३ जना पक्राउ

पोखरा, ९ माघ । अवैध लागु औषध बेच्दै गर्दा बागलुङको गलकोटबाट तीन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गलकोट बागलुङबाट प्रहरी निरीक्षक देवराज काफ्ले समेतको प्रहरी टोलीले गलकोट नगरपालिका वडा नम्बर ८ थालेपोखरास्थित गैराडाँडाबाट तीन जना पक्राउ परेका हुन् । पक्राउ परेकाहरुमा गलकोट नगरपालिका वडा नम्बर ८ थालेपोखरा...
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष  सिफारिस
TNV News Update

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस

पोखरा, ९ माघ । गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकले आगामी माघ २१ गतेका लागि प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षक्षतामा आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखसमक्ष आगामी माघ २१ गतेका लागि प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गर्न सिफारिश गर्ने निर्णय...
यू–१९ महिला विश्वकप : नेपाल आज अष्ट्रेलियासँग भिड्दै
TNV News Update

यू–१९ महिला विश्वकप : नेपाल आज अष्ट्रेलियासँग भिड्दै

काठमाडौँ, ९ माघ । आइसिसी यु–१९ महिला टी–२० विश्वकपमा आज नेपालले अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै छ । माघ ५ र ७ गते दुई खेल खेलेको नेपालले बुधबार समूह चरणको अन्तिम खेल अष्ट्रेलियासँग खेल्न लागेको हो । पहिलो खेलमा पाँच विकेटले बंगलादेशसँग पराजित भएको नेपाल दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको...
कबड्डी लिग : काठमाडौँ माभरिक्सको दोस्रो जित
TNV News Update

कबड्डी लिग : काठमाडौँ माभरिक्सको दोस्रो जित

काठमाडौँ, ९ माघ । नेपाल कबड्डी लिग (एनकेएल)मा काठमाडौँ माभरिक्सले दोस्रो जित हात पारेको छ । मंगलबार भएको खेलमा हिमालयन रेडर्सलाई ५६–३४ को फराकिलो अन्तरमा हराउँदै दोस्रो जित हात पारेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको दिनको पहिलो खेलमा काठमाडौँले एकपक्षीय दबाब बनायो । पहिलो हाफमा तीन...
सन्दीप लामिछानेलाई क्यानले गर्‍यो कारबाही
TNV News Update

सन्दीप लामिछानेलाई क्यानले गर्‍यो कारबाही

काठमाडौँ, ८ माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले कारबाही गरेको छ । क्यानले आयोजना गर्ने घरेलु कुनै पनि प्रतियोगिताको एक खेल खेल्न नपाउने गरी क्यानले सन्दीपलाई कारबाही गरेको हो । सन्दीपले मधेस प्रदेशमा भएको जय ट्रफीका दौरान अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा...