‘ढले ढले’ गीत बजारमा आउँदैमा सरकार ढल्दैन : प्रधानमन्त्री ओली
काठमाडौँ, १८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरु सरकार ढलाउनमा लागेको बताउनुभएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्नुहुँदै उहाँले विपक्षी दलहरु सरकार ढल्यो ढल्यो भन्दै गीत गाइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विपक्षमा रहिरहेका साथीहरु एउटा कुरामा आफ्नो समय व्यर्थै खेर फालेजस्तो लागिरहेको छ । सरकार ढल्छ, ढल्नै लाग्यो,...
सिंगो राज्य शक्ति रवि लामिछानेमाथि खनिएको छ : स्वर्णिम वाग्ले
काठमाडौँ, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले सिङ्गो राज्य शक्ति नै रवि लामिछानेमाथि प्रतिशोध र पूर्वाग्रहकासाथ खनिएको बताउनुभएको छ । शुक्रबारदेखि सुरु भएको प्रतिनिधि सभाको पाँचौँ अधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले संविधानको धारामा टेकेर नै बनाएको नियमावलीको प्रावधानलाई बेवास्ता गर्दै रास्वपाका सभापति लामिछानेको सांसद निलम्बन गरिएको भन्दै त्यसको...
तनावमुक्त हुन र डिप्रेसनबाट छुटकारा पाउन चराहरु हेर्नुहोस् : सुदर्शन कार्की [भिडिओ]
प्रमिला कार्की काठमाडौँ, १८ मघ । किसान परिवारमा जन्मे–हुर्केका सुदर्शन कार्की पेशाले फिल्म निर्माता हुनुहुन्छ । सामाजिक विषयवस्तुमा आधारित वृत्तचित्र निर्माणमा उहाँको विशेष रुची छ । विशेषगरी उहाँको चराप्रतिको मोह र आकर्षण अनौठो छ । उहाँ आफूलाई निर्माताभन्दा पनि चराप्रेमी भन्न रुचाउनुहुन्छ । उहाँ आफ्ना फिल्म खिच्न बाहेकका अधिकांश समय...
पाथीभरा केवलकार विवाद समाधानका लागि वार्ता समिति बनाइने
काठमाडौँ, १८ माघ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पाथीभरा केवलकारको विषयमा देखिएको समस्याबारे वार्ता समिति बनाएर टुङ्गाइने बताउनुभएको छ । शुक्रबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकपश्चात पाथीभराको केवलकारको विवादको विषयमा प्रश्नहरु उठेको भन्दै त्यसका लागि गृहमन्त्रीले वार्ता समिति बनाएर सकारात्मक तरिकाले टुङ्गाउन पहल गर्न निर्देशन दिइसकेको जानकारी...
संसद् अधिवेशन सुरू हुनासाथ रास्वपा सांसदको विरोध
काठमाडौँ, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसद् अधिवेशन सुरु हुनासाथ उठेर विरोध जनाएका छन् । शुक्रबार बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरुले उठेर विरोध जनाएका हुन् । रास्वपाका सभापति रवि लामिछानेलेको संसद् पद निलम्बन गैरकानुनी र प्रतिनिधि सभा नियमावलीविपरीत रहेको भन्दै फुकुवाको लागि माग गरेका छन् । साथै सरकारले...
रवि लामिछानेले दिए सांसद पद निलम्बन फुकुवाको निवेदन
काठमाडौँ, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई सांसद पद निलम्बन फुकुवाको निवेदन बुझाउनुभएको छ । शुक्रबार संसद् सचिवालयमा समाभुख घिमिरेलाई भेटेर उहाँले निलम्बन गैरकानुनी र प्रतिनिधि सभा नियमावलीविपरीत रहेको भन्दै आफ्नो सांसद पद फुकुवाका लागि आग्रह गरेको रास्वपाकी सांसद सोविता गौतमले जानकारी दिनुभयो...
‘बालेन शैली’कै बाटोमा प्राधिकरण, धमाधम डोजर लगाउने तयारी
आकांक्षा धामी काठमाडौँ, १८ मघ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा बालेन्द्र शाह (बालेन) निर्वाचित भएर आएपछि महानगरभित्रका सयौँ अनधिकृत संरचना हटाए । सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण भएका संरचनामा डोजर चलाएको घट्ना सर्वाधिक चर्चाको विषय बन्यो । तर, उपत्यकाभित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका...
टाइगर कप भलिबल : अपराजित रहँदै एपिएफ पहिलो क्वालिफायरमा
पोखारा, १६ माघ । सशस्त्र प्रहरी बल (एपिएफ) एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ अपराजित रहँदै पहिलो क्वालिफायरमा पुगेको छ । लिग चरणका अन्तिम खेलमा आयोजक टाइगर ग्रुपलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ ‘जित्ने समूह’ को विजेता बन्दै पहिलो क्वालिफायरमा...