बहराइनविरुद्ध नेपालको रोमाञ्चक जित, इन्दु बनिन् नायक
काठमाडौं । आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले बहराइनलाई ६ विकेटले पराजित गरेको छ । नेपालको जितमा कप्तान इन्दु बर्मा नायक बनिन् । उनले आक्रामक ब्याटिङ गर्दै नेपाललाई जित दिलाइन् । उनले ७ बलमा २४ रन जोडिन् । पानी परेर ७ ओभरमा छोट्टाइएको खेलमा नेपालले जितका लागि ५६...
तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न
तिलोत्तमा । समावेशी सोच, स्थानीय सहभागिता र महिला–अनुकूल पूर्वाधार विकासका लागि तिलोत्तमा नगरपालिकामा दुई दिने सह–डिजाईन कार्यशाला सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिकालाई महिलामैत्री, सुरक्षित र समावेशी शहरका रूपमा विकास गर्न युनोप्सको साझेदारीमा प्रारम्भ भएको तीन वर्षे परियोजना अन्तर्गत नगरको वडा नं. ४ (सीमानगर) र वडा नं. ९ (मंगलापुर) मा...
इस्तानबुलमा युक्रेन–रुस शान्ति वार्ता , युद्ध अन्त्यको आशामा विश्वको ध्यान
काठमाडौं — युक्रेन–रुस युद्ध अन्त्यको सम्भावनासहित बहुप्रतीक्षित शान्ति वार्ता आज (बिहीबार) टर्कीको इस्तानबुलमा आयोजना हुँदैछ। युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको आह्वानमा तय भएको वार्तामा रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन भने सहभागी नहुने भएका छन्। क्रेमलिनद्वारा जारी विज्ञप्तिअनुसार रुसी प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति पुटिनका विशेष सल्लाहकार भ्लाडिमिर मेडिन्स्कीले गर्नेछन्। यद्यपि, जेलेन्स्कीले यसअघि पुटिनसँग प्रत्यक्ष...
महिला टी–२० विश्वकप एसिया छनोट: दोस्रो जितको खोजीमा नेपाल आज बहराइनसँग भिड्दै
काठमाडौं –आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज बहराइनसँगको खेलमार्फत दोस्रो जितको खोजी गर्दै मैदानमा उत्रँदैछ। थाइल्यान्डमा बिहीबार दिउँसो १२:३० बजे सुरु हुने खेल नेपालका लागि लिग चरणको समीकरण जोगाउने निर्णायक अवसर बन्नेछ। समूह चरणको पहिलो खेल वर्षाका कारण रद्द भएपछि नेपाल दोस्रो खेलमा हङकङसँग ७ विकेटले पराजित भएको...
काठमाडौं सतुङ्गलस्थित कपडा गोदाममा आगलागी
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका-११, सतुङ्गलस्थित आर.आर. कम्प्लेक्सको भुइँतलामा रहेको कपडा गोदाममा बिहीबार बिहान आगलागी भएको छ । बिहान ५:२० बजेतिर सुरु भएको आगो करिब सात बजे नियन्त्रणमा ल्याइएको हो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता, एसपी अपिलराज बोहराका अनुसार आगो नियन्त्रणमा ल्याउन ६ वटा दमकल र १५ वटा पानी...
“सबैको साझा प्रयासबिना सडक दुर्घटना न्यूनीकरण सम्भव छैन”
तिलोत्तमा । सडक दुर्घटना न्यूनीकरण कुनै एक पक्षको प्रयासले मात्र सम्भव नहुने भन्दै सरोकारवालाहरूले सबैले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्। सुरक्षित यात्रा नेपाल केन्द्रीय कार्यालय बुटवलको आयोजनामा, नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेशको समन्वय, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही र तिलोत्तमा नगरपालिकाको सहकार्यमा तिलोत्तमा–५ मणिग्राममा...
प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्दै, यी हुन् कार्यसूची
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । सङ्घीय संसद् बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ मा प्रेम सुवालले दर्ता गरेको विरोधको सूचना निर्णयार्थ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठकमा भूमि व्यवस्था, सहकारी तथा...
देशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । बुधवार बिहान देशका पहाडी भूभागमा आंशिकदेखि साधारणता बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने, पछिल्लो २४ घण्टामा देशका अधिकांश स्थानमा वर्षा भएको अभिलेख छ । आज मकवानपुरको भोर्लेनी...
प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान, गभर्नर सिफारिस समिति सदस्य नियुक्तिको सम्भावना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आज राति ८ बजेका लागि बालुवाटारस्थित आफ्नो सरकारी निवासमा आह्वान गरेका छन्। सार्वजनिक बिदाका कारण सोमबार नियमित बैठक बस्न नसकेकोले आजको मितिमा बैठक बोलाइएको हो। स्रोतका अनुसार आजको मन्त्रिपरिषद् बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्य नियुक्तिको सम्भावना रहेको छ। यसअघि...