गुन्डुबासी मखमली टिप्न र माला उन्न व्यस्त, मूल्यमा बिचौलियाको रजगज
नरेश जोशी भक्तपुर, ६ कात्तिक । कात्तिकको बिहानको चिसो छिरेटो छल्दै बिहान अबेरै घरको काम सकेर मखमली बारीतिर लाग्नुहुन्छ भक्तपुर सुर्यविनायक नगरपालिका–७ गुण्डुकी रचना बस्नेत । तिहार आउन एक हप्तामात्र बाँकी रहँदा रचनालगायत गुण्डुका किसानलाई पाकेको धान भित्र्याउनुभन्दा मखमली टिप्न र माला उन्नकै धपेडी छ । बिहानदेखि बारीमा मखमली फूल...
गौशाला धर्मशाला ‘कब्जा’विरुद्ध हस्ताक्षर संकलन
काठमाडौँ, ६ कात्तिक । पशुपतिनाथ बचाउ महाअभियानले पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको गौशाला धर्मशाला अनाधिकृत कब्जाविरुद्ध हस्ताक्षर संकलन सुरु गरेको छ । महाअभियानले मंगलबार पशुपति क्षेत्रमा सेतो कपडा राखेर हस्ताक्षर संकलन कार्य सुरु गरेको हो । सोही क्रममा नागरिक बचाउ महाअभियानको संयोजक कुमार बस्नेतले धर्मशाला भनेको हाम्रो भूमि भएको...
नेपालमा वैकल्पिक शक्ति आवश्यक छ : डा.बाबुराम भट्टराई
काठमाडौँ, ५ कात्तिक । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले वर्तमान अवस्थामा वैकल्पिक शक्ति आवश्यक भएको बताउनुभएको छ । सोमबार पोखरामा आयोजित पार्टीको प्रथम विधान अधिवेशनमा उहाँले उदारवादी राजनीतिलाई अपनाउने काङ्ग्रेसलगायतका शक्तिहरुको विचार पूराना भएको भन्दै अब सबै प्रकारले वैकल्पिक शक्ति आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उदारवादी राजनीतिलाई...
ललितपुर महानगरले सरसफाइ अभियान सञ्चालन गर्ने
काठमाडौँ, ५ कात्तिक । ललितपुर महानगरपालिकाले आउँदो शनिबार अविरल वर्षाका कारणले भएको फोहोर र क्षतिको सरसफाइ गर्ने भएको छ । सोमबार ललितपुरमा आयोजित कार्यक्रममा ललितपुर महानगररपालिकाका प्रमुख चिरिबाबु महर्जनले अविरल वर्षाका कारणले सहरको सौन्दर्य र वातावरणमा असर परेको हुँदा सरोकारवाला निकाय र संघ संस्थाहरु समेतको सहकार्यमा सरसफाइ गर्न लागेको जानकारी...
उत्प्रेरणात्मक कक्षामा अभिनेत्री स्वस्तिमाले सुनाइन् अनुभव र संघर्षका कुरा
काठमाडौँ, ५ कात्तिक । ‘तपाईंले जुन लक्ष्य लिनुहुन्छ । त्यसलाई अरुले विश्वास नगर्न सक्छन् । अरुले विश्वास गरुन् या नगरुन् यसले केही फरक पार्दैन । तर, तपाईंमा लक्ष्यमा पुग्ने रुचि छ कि छैन । त्यसले चाहिँ फरक पार्छ,’ अभिनेत्री स्वस्तिमा खड्काले सामुदायिक विद्यालयका विद्यार्थीहरुसँग अन्तरक्रिया गर्दै भन्नुभयो ‘तपाईंको रुचि परिवर्तन...
साफ महिला च्याम्पियनसिप : आज नेपाल र माल्दिभ्स खेल्दै
काठमाडौँ, ५ कात्तिक । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई टोलीबीचको खेल साँझ साढे ५ बजे हुनेछ । माल्दिभ्सविरुद्धको खेलमा नेपालकी स्टार फरवार्ड सावित्रा भण्डारी साम्बा टोलीमा हुने छिन् । व्यवसायिक लिगका लागि फ्रान्समा रहेकी साम्बा साफका लागि आइतबार राति नेपाल...
नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिन स्वीप
काठमाडौँ, ५ कात्तिक । अमेरिकाविरुद्धको अन्तर्राष्ट्रिय टी–२० सिरिजमा नेपालले क्लिन स्वीप गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा ८ विकेटको जित निकालेसँगै नेपालले सिरिज क्लिन स्वीप गरेको हो । आजको खेलमा टस हारेर पहिले बलिङ गरेको नेपालले जितका लागि १५७ रनको लक्ष्य पाएको थियो । नेपालका लागि सोमपाल...
जलनका बिरामीको अब सातै प्रदेशका सरकारी अस्पतालबाट निःशुल्क उपचार
काठमाडौँ, ४ कात्तिक । अब जलनका बिरामीहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार हुने भएको छ । गत शुक्रबार कार्तिक २ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्रस्ताव गरेको जलन पीडितको उपचार निःशुल्क बनाउने प्रस्ताव पारित गरेको हो । ‘अब आर्थिक अभावका कारण कसैले पनि जलनको उपचारबाट बञ्चित हुनु...
राहत र पुनः स्थापनामा सरकार ढृढ र सक्रिय छ : प्रधानमन्त्री ओली
काठमाडौँ, ४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहत र पुनःस्थापना दिने कर्तव्य पूरा गर्न सरकार ढृढ र सक्रिय रहेको बताउनुभएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज सहयोग हस्तान्तरण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आएका विभिन्न संस्थाका प्रमुख र प्रतिनिधिहरुलाई धन्यवाद दिँदै...