क्यानले एनपिएलमा सहभागी टोलीमाथि निगरानी गर्न सेक्युरिटी अफिसर खटाउने
काठमाडौँ, २६ कात्तिक । नेपाल क्रिकेट संघ (क्यान)ले आउँदो मंसिर १६ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी हुने फ्रेन्चाइज टोलीलाई निगरानी गर्न २४ घन्टै सेक्युरिटी अफिसर खटाउने भएको छ । सोमबार पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गर्दै क्यानका सचिव पारस खड्काले ८ वटै फ्रेन्चाइजसँग एक एक जना सेक्युरिटी लायजन अफिसर खटिने...
रारा राष्ट्रिय निकुञ्जमा क्यामेरा ट्रयाप जडान
काठमाडौँ, २६ कात्तिक । रारा राष्ट्रिय निकुञ्जमा स्तनधारी वन्यजन्तुको अनुसन्धान गर्न क्यामेरा ट्रयाप जडान सुरु भएको छ । निकुञ्जभित्र पाइने ठुला तथा मध्यम स्तनधारी जनावरको अभिलेखीकरण, तिनीहरूको गतिविधि र वितरणबारे अनुसन्धान गर्न क्यामेरा ट्रयाप प्रविधिको प्रयोग गर्न लागिएको हो । र्यान्डम स्याम्प्लिङको माध्यमबाट एक बाइ एक वर्ग किलोमिटरको ४० ग्रिड...
लुम्बिनी लायन्सको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल
काठमाडौँ, २६ कात्तिक । लुम्बिनी लायन्सले नेपाली चलचित्र क्षेत्रका अभिनेता राजेश हमाललाई आफ्नो टोलीको ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ । स्वामित्व फर्चुन हेल्थ केयर प्रालिको स्वामित्वमा रहेको लुम्बिनीले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै हमाललाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको जनाएको हो । अभिनेताहमालले लुम्बिनीसँग आबद्ध हुन पाउँदा निकै खुसी लागेको...
सरकार राम्रो काम गर्नेहरूलाई हटाउने खेलमा छ : माओवादी
काठमाडौँ, २६ कात्तिक । नेकपा (माओवादी केन्द्र)ले सरकारले देशमा राम्रो काम गर्नेहरूलाई हटाउने खेल खेलिरहेको आरोप लगाएको छ । सोमबार खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकपछि माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले देशमा असाधारण परिस्थिति बन्दै गरेको अवस्थामा सबै पार्टीहरूबीच एकरूप समझदारी हुनुपर्नेमा पार्टी फुटाउने चर्चा चलिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले...
रास्वपाले हेटौँडा–१२ ले आशा वीर बललाई उम्मेदवार बनाउने
मकवानपुर, २६ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले हेटौँडा उपमहानगरपालिका–१२ को उपनिर्वाचनको उम्मेदवार टुंग्याएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को वडा अध्यक्षका लागि मंसिर १६ मा उपनिर्वाचन हुने छ । आइतबार वडा, नगर र जिल्ला कार्यसमितिको सयुक्त बैठकले आशा वीर बललाई वडा अध्यक्षको उम्मेदवारमा रास्वपा मकवानपुरले अघि...
नेपाली धर्म, कला र संस्कृतिले नेपाली राष्ट्रियतालाई मजबुद बनाएको छ : शेखर कोइराल
इलाम, २६ कात्तिक । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा.शेखर कोइरालाले इलामको माङ्सेबुङ धर्म र आध्यात्मको तपोभूमि नेपाल ऐतिहासिक कालदेखि नै समस्त मानवजातिको लागि आकर्षणको केन्द्र रहेको बताउनुभएको छ । इलामको सन्दकपुर गाउँपालिकास्थित मावुमा आयोजित राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको १४०औँ जन्मजयन्तीको उद्घाटन समारोहमा उहाँले किरात धर्मको आस्थाको केन्द्र...
पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौँ, २५ कात्तिक । काठमाडौँ जिल्ला अदालतले कोशी प्रदेशका तत्कालीन मन्त्री लिलाबल्लब अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । मानव तस्करीमा मुछिएको आरोपमा आइतबार विराटनगरबाट पक्राउ परेका अधिकारीलाई अदालतले आइतबार दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । विवाद बाहिर आएपछि अधिकारीले मन्त्रीबाट राजीनामा...
महिला साफ च्याम्पियनसिपको टिकट बिक्रीमा अनियमितता भएको आरोप
काठमाडौँ, २५ कात्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीर बहादुर खडकाले हालै नेपालमा सम्पन्न महिला साफ च्याम्पियनसिप २०२४ को टिकट बिक्रीमा नेपालको प्रचलित नियम कानुनका साथै एन्फाको आर्थिक नियमावली र कार्यविधिको उल्लंघन भएको बताउनुभएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै उहाँले टिकट बिक्रीमा अनियमितता र भष्ट्राचार भएको...
बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक बोम्जनमाथि गोली प्रहार
हेटौँडा, २५ कात्तिक । मकवानपुरको बकैया गाउँपालिका–३ हातिसुडेमा रहेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक बागमती गाउँपालिका–१ का प्रेम बहादुर बोम्जनमाथि गोली प्रहार भएको छ । मकवानपुरको बागमतीबाट प्रदेश २–००३–००६ प ८४५४ नम्बरको मोटरसाइकलमा सिन्धुलीतर्फ जाँदै गरेका बम्जनमाथि सिन्धुलीको हरिहरपुरगढी–६ मा बोम्जनमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।...