उपनिर्वाचनको मौन अवधि सुरू
काठमाडौँ, १४ मंसिर । मतदानको ४८ घन्टा अघिदेखि चुनावी प्रचारप्रसार गर्न नपाइने कानुनी व्यवस्थाअनुसार आज राति १२ बजेदेखि उपनिर्वाचनको मौन अवधि सुरु भएको छ । सोही कानुनी प्रावधानअनुसार बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको हो । निर्वाचन आयोगले गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको जनाउँदै भर्चुअल तथा...
मलाई असंवैधानिक ढंगले प्रधानमन्त्रीबाट हटाइयो : प्रचण्ड
काठमाडौँ, १३ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई असंवैधानिक ढंगले प्रधानमन्त्रीबाट हटाइएको भन्दै जनताले त्यसको न्यायपूर्ण फैसला सुनाउने बताउनुभएको छ । बिहीबार कीर्तिपूरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सरकारलाई खबरदारी गर्दै गर्दा पनि सुनुवाइ गरेन भने प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाउन प्रतिबद्ध रहेको भन्दै त्यहाँबाट...
रवि लामिछानेलाई काठमाडौँ ल्याइयो
काठमाडौँ, १३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि काठमाडौँ ल्याइएको छ । सहकारीको रकम अपचलनबारे बयान लिन उनलाई बुद्ध एयरमार्फत् काठमाडौँ ल्याइएको हो । उनलाई कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । सो सहकारीको रकम...
सातै प्रदेशमा मेडिकल पढाइ हुनेगरी काम अगाडि बढ्दै छ : मन्त्री पौडेल
काठमाडौँ, १३ मंसिर । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा मेडिकल पढाइ हुनेगरी काम अगाडि बढाउने बताउनुभएको छ । बिहीबार नेसनल जोइन्ट एनियुएल रिभ्यु २०२४ को समारोहमा बोल्दै मन्त्री पौडेलले आवश्यक जनशक्ति, उपकरण, सबैको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोशी अस्पतालमा धेरै बिरामीभए भने बिपी कोइराला...
नेपालमा जियोटेक्निक्सको प्रयोगमा चुनौती देखिएको छ : मन्त्री सिंह
काठमाडौँ, १३ मंसिर । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमा विज्ञान, इन्जिनियरिङ र जियोइन्जिनियरिङको क्षेत्रमा धेरै चुनौतीहरु रहेको बताउनुभएको छ । बिहीबार काठमाडौँमा आयोजित दिगो पूर्वाधारका लागि जियोटेक्निक्स कार्यक्रममा उहाँले नेपालमा जलवायु परिवर्तन, ग्लोबल वार्मिङ र पछिल्लो समय प्राकृतिक प्रकोपले धेरै प्रभाव पारेकाले नेपालमा जियोटेक्निक्स प्रयोगमा चुनौती देखिएको बताउनुभयो...
डोरिन्द्रराज दाहाल भन्छन्- ‘इन्स्योरेन्स–बैँकबीच नङ र मासुको सम्बन्ध हुन्छ’
काठमाडौँ, १३ मंसिर । कामप्रति समर्पणभाव, अथक मेहनत र लगनशीलताको परिणाम सधैँ उज्यालो हुन्छ । यस्तै एउटा प्रेरणादायी नाम हो–युनाइटेड अजोड इन्स्योरेन्सका निमित्त कार्यकारी प्रमुख डोरिन्द्रराज दाहाल (दिनेश) । करिब तीन दशक अघिबाट भारतको नेसनल इन्स्योरेन्सबाट सुरु भएको दाहालको बीमा यात्रामा अनेकौँ चुनौतीहरुलाई आत्मासात गर्दै उहाँले बिमा क्षेत्रमा आफ्नो छुट्टै...
गण्डक सम्झौता कार्यान्वयनमा नेपालले पहल गरोस् : विनोद चौधरी
काठमाडौँ, १३ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य विनोद चौधरीले गण्डक सम्झौताअनुसार भारतीय पक्षसँग भएका सहमति कार्यान्वयनका लागि नेपालले पहल गर्नुपर्ने बताउनुभएको छ । उहाँले गण्डक परियोजनासम्बन्धमा नेपाल र भारतबीच भएका समझदारी कार्यान्वयनमा नआएकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै भारतीय पक्षसँग कुरा गर्न आग्रह गर्नुभएको हो । गण्डक परियोजनामा...
गठ्ठाघर चोकमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु
काठमाडौँ, १३ मंसिर । भक्तपुरको गठ्ठाघर चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख २३११ नम्बरको १२ चक्के ट्रकले आज बिहान ७ बजे सोही दिशातर्फ गइरहेको बा.प्र. ०२–०३८ प ४४०१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा...
परराष्ट्रमन्त्री राणा आज चीन जाँदै
काठमाडौँ, १३ मंसिर । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज चीन जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ गतेदेखि हुने भ्रमणको तयारीका लागि उहाँ आज चीन जान लाग्नुभएको हो । परराष्ट्रमन्त्री राणाले शुक्रबार चिनियाँ समकक्षी वाङ यीग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । भेटमा...