नेविसङ्घको अध्यक्षमा करूणा कटुवाल

काठमाडौँ, १८ जेठ । नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको अध्यक्ष पदमा धनकुटाकी करूणा कटुवाललाई नियुक्त गरिएको छ । काङ्ग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०८३ वैशाख २१ गते सम्पन्न बैठकको निर्णय बमोजिम सभापति गगन कुमार थापाले कटुवाललाई अध्यक्षको जिम्मेवारी दिनुभएको हो । सोमबार पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०८३ वैशाख २१ गते सम्पन्न बैठकको निर्णय बमोजिम सभापति श्री गगनकुमार थापाद्वारा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आवद्ध भ्रातृ संघ— नेपाल विद्यार्थी सङ्घको अध्यक्ष पदमा श्री करूणा कटुवाल (धनकुटा)लाई नियुक्त गरी तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न ११ बुँदे कार्यादेश र कार्यविवरण सहित जिम्मेवारी प्रदान गर्नुभएको छ ।” वैशाख तेस्रो साता नेविसङ्घ अध्यक्ष डुजाङ शेर्पाले पद छाडेको बताउनुभएको थियो । एक विज्ञप्ति जारी गर्दै शेर्पाले अध्यक्षको हैसियतमा आफ्नो कार्यकाल औपचारिक रुपमा सकिएको बताउनुभएको थियो ।

नेविसङ्घको अध्यक्षमा करूणा कटुवाल

काठमाडौँ, १८ जेठ । नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको अध्यक्ष पदमा धनकुटाकी करूणा कटुवाललाई नियुक्त गरिएको छ ।

काङ्ग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०८३ वैशाख २१ गते सम्पन्न बैठकको निर्णय बमोजिम सभापति गगन कुमार थापाले कटुवाललाई अध्यक्षको जिम्मेवारी दिनुभएको हो ।

सोमबार पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०८३ वैशाख २१ गते सम्पन्न बैठकको निर्णय बमोजिम सभापति श्री गगनकुमार थापाद्वारा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आवद्ध भ्रातृ संघ— नेपाल विद्यार्थी सङ्घको अध्यक्ष पदमा श्री करूणा कटुवाल (धनकुटा)लाई नियुक्त गरी तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न ११ बुँदे कार्यादेश र कार्यविवरण सहित जिम्मेवारी प्रदान गर्नुभएको छ ।”

वैशाख तेस्रो साता नेविसङ्घ अध्यक्ष डुजाङ शेर्पाले पद छाडेको बताउनुभएको थियो । एक विज्ञप्ति जारी गर्दै शेर्पाले अध्यक्षको हैसियतमा आफ्नो कार्यकाल औपचारिक रुपमा सकिएको बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *