एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

पर्सा, १४ जेठ । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा एक खर्ब ८१ अर्ब ७० करोड रूपैयाँ मूल्य पर्ने छ थरिका पेट्रोलियम पदार्थ आयात भएको छ । गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधार यो नाका हुँदै २५ अर्ब ५३ करोड रूपैयाँ अर्थात १६ दशमलव ३५ प्रतिशतले वृद्धि भएको हो । जबकी गत आवको १० महिनामा भने एक खर्ब ५६ अर्ब १७ करोड रूपैयाँ मूल्य पर्ने छ थरिका पेट्रोलियम पदार्थ भित्रिएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको १० महिनामा पेट्रोलियम पदार्थहरुको आयातबाट ६७ अर्ब १९ करोड रूपैयाँ राजस्व सङ्कलन गरेको बताउनुभयो । चालु आवको १० महिनामा एक खर्ब ५७ करोड रूपैयाँ मूल्य पर्ने आठ लाख ९५ हजार २४६ किलोलिटर डिजेल आयात भएको छ । जबकी गत आवको १० महिनामा भने ७९ करोड ५७ करोड रूपैयाँ मूल्य पर्ने नौ लाख ८५७ किलोलिटर डिजेल आयात भएको थियो । ३५ अर्ब ७९...

पर्सा, १४ जेठ । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा एक खर्ब ८१ अर्ब ७० करोड रूपैयाँ मूल्य पर्ने छ थरिका पेट्रोलियम पदार्थ आयात भएको छ ।

गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधार यो नाका हुँदै २५ अर्ब ५३ करोड रूपैयाँ अर्थात १६ दशमलव ३५ प्रतिशतले वृद्धि भएको हो । जबकी गत आवको १० महिनामा भने एक खर्ब ५६ अर्ब १७ करोड रूपैयाँ मूल्य पर्ने छ थरिका पेट्रोलियम पदार्थ भित्रिएको थियो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको १० महिनामा पेट्रोलियम पदार्थहरुको आयातबाट ६७ अर्ब १९ करोड रूपैयाँ राजस्व सङ्कलन गरेको बताउनुभयो । चालु आवको १० महिनामा एक खर्ब ५७ करोड रूपैयाँ मूल्य पर्ने आठ लाख ९५ हजार २४६ किलोलिटर डिजेल आयात भएको छ । जबकी गत आवको १० महिनामा भने ७९ करोड ५७ करोड रूपैयाँ मूल्य पर्ने नौ लाख ८५७ किलोलिटर डिजेल आयात भएको थियो ।

३५ अर्ब ७९ करोड रूपैयाँ मूल्य पर्ने तीन लाख ९० हजार ६१५ किलोलिटर पेट्रोल आयात भएको छ । गत आवको १० महिनामा भने ३१ अर्ब ७१ करोड रूपैयाँ मूल्य पर्ने तीन लाख ६७ हजार ३४४ किलोलिटर पेट्रोल आयात भएको थियो ।

चालु आवको १० महिनामा २५ अर्ब ५४ करोड रूपैयाँ मूल्य पर्ने २४ करोड २७ लाख तीन हजार १५० किलोग्राम एलपिजी ग्यास आयात भएको छ । जबकी गत आवका १० महिनामा भने ३० अर्ब २८ करोड रूपैयाँ मूल्य पर्ने २६ करोड ४१ लाख १४ हजार ३२६ किलोग्राम एलपिजी ग्यास आयात भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *