नेपालले रूवाण्डालाई हरायो

काठमाडौँ, ९ वैशाख । आइसिसी महिला टी–२० च्यालेन्ज ट्रफीमा नेपालले आयोजक रूवाण्डालाई पराजित गरेको छ । रुवाण्डाको किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले रुवान्डालाई दुई विकेटले हराउँदै जित हात पारेको हो । घरेलु टोली रुवाण्डाले नेपाललाई जितको लागि ८९ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले १९।४ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । नेपालको लागि सम्झना खड्काले सर्वाधिक ४८ रनको योगदान दिइन् । त्यस्तै पूजा महत्तोले १३ तथा विन्दु रावलले १० रन जोडिन् । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको रुवान्डाले १९।४ ओभरमा सबै विकेट गुमाएर ८८ रनको योगफल बनाएको थियो । रुवाण्डाका लागि चार ब्याटरले मात्र दोहोरो अङ्कमा रन बनाउन सके । एलिस इकुजवेले सर्वाधिक १७ रन बनाइन् भने मर्वे उवासले १५, क्लेरिस उमुटोनिवासेले १३ तथा रोसिन उवेराले १२ रन जोडिन् । रुवाण्डालाई कम रनमै समेट्नेक्रममा नेपालका लागि रचना चौधरीले ३, पूजा महतो र कविता कुँवरले समान दुई/दुई तथा मनिष उपाध्याय र रिया शर्माले...

नेपालले रूवाण्डालाई हरायो

काठमाडौँ, ९ वैशाख । आइसिसी महिला टी–२० च्यालेन्ज ट्रफीमा नेपालले आयोजक रूवाण्डालाई पराजित गरेको छ ।

रुवाण्डाको किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले रुवान्डालाई दुई विकेटले हराउँदै जित हात पारेको हो । घरेलु टोली रुवाण्डाले नेपाललाई जितको लागि ८९ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले १९।४ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।

नेपालको लागि सम्झना खड्काले सर्वाधिक ४८ रनको योगदान दिइन् । त्यस्तै पूजा महत्तोले १३ तथा विन्दु रावलले १० रन जोडिन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको रुवान्डाले १९।४ ओभरमा सबै विकेट गुमाएर ८८ रनको योगफल बनाएको थियो ।

रुवाण्डाका लागि चार ब्याटरले मात्र दोहोरो अङ्कमा रन बनाउन सके । एलिस इकुजवेले सर्वाधिक १७ रन बनाइन् भने मर्वे उवासले १५, क्लेरिस उमुटोनिवासेले १३ तथा रोसिन उवेराले १२ रन जोडिन् ।

रुवाण्डालाई कम रनमै समेट्नेक्रममा नेपालका लागि रचना चौधरीले ३, पूजा महतो र कविता कुँवरले समान दुई/दुई तथा मनिष उपाध्याय र रिया शर्माले समान एक/एक विकेट लिइन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले सुरुवात गरेको यस प्रतियोगिता डबल राउन्ड रोबिन लिगका आधारमा हुनेछ । त्यस्तै लिगको सबै खेलपश्चात् शीर्ष स्थानमा रहने देश विजेता टोली बन्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *