परराष्ट्रमन्त्री खनालसँग जर्मनीका राजदूतको भेट

काठमाडौँ, २ वैशाख । परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबिच नेपाल–जर्मनी सम्बन्धका विविध विषयहरूमा छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा राजदूत भोल्जले जर्मनीका सङ्घीय विदेशमन्त्री डा.योहान डेविड वाडेफुलको तर्फबाट नेपालका परराष्ट्र मन्त्रीमा नियुक्त हुनुभएकामा मन्त्री खनाललाई शुभकामना व्यक्त गर्नुभएको अवगत गराउनुभएको थियो ।

परराष्ट्रमन्त्री खनालसँग जर्मनीका राजदूतको भेट

काठमाडौँ, २ वैशाख । परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबिच नेपाल–जर्मनी सम्बन्धका विविध विषयहरूमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा राजदूत भोल्जले जर्मनीका सङ्घीय विदेशमन्त्री डा.योहान डेविड वाडेफुलको तर्फबाट नेपालका परराष्ट्र मन्त्रीमा नियुक्त हुनुभएकामा मन्त्री खनाललाई शुभकामना व्यक्त गर्नुभएको अवगत गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *