सागर लम्साललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ, २५ चैत । हास्य कलाकार तथा मोडल सागर लम्साल (बले)लाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अमेरिकामा बस्ने एक किशोरीले बलात्कार आरोप लगाएपछि पक्राउ परेका बलेलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । ती किशोरीले सामाजिक सञ्जाल फेसबुकमार्फत बलेले करिब एकवर्ष अघि आफूमाथि जबरजस्ती करणी गरेको आरोप लगाएकी थिइन् । शनिबार बुढानीलकण्ठबाट पक्राउ परेका उनलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

सागर लम्साललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ, २५ चैत । हास्य कलाकार तथा मोडल सागर लम्साल (बले)लाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

अमेरिकामा बस्ने एक किशोरीले बलात्कार आरोप लगाएपछि पक्राउ परेका बलेलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

ती किशोरीले सामाजिक सञ्जाल फेसबुकमार्फत बलेले करिब एकवर्ष अघि आफूमाथि जबरजस्ती करणी गरेको आरोप लगाएकी थिइन् ।

शनिबार बुढानीलकण्ठबाट पक्राउ परेका उनलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *