
गुल्मी, २२ चैत । गुल्मीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ घाइते भएका छन् ।
गुल्मी दरबार गाउँपालिका–४ वीरबाससस्थित मिसुकामा लु१च ४९०६ नम्बरको जिप आज दुर्घटना भएको हो । दुर्घटनामा परी सोही ठाउँका ३५ वर्षीय कृष्ण ढेंगा र ४० वर्षीया मीना सनामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गा सारुले जानकारी दिनुभयो ।
घाइतेमध्ये तीन वर्षीया चाया ढेंगाबाहेक अन्यलाई थप उपचारका लागि पाल्पा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।