बाजुरामा पहिरोले रौदीगाड लघुजलविद्युत आयोजना पूर्ण रूपमा क्षति, ३५० घरधुरी प्रभावित

बाजुरा, २२ चैत । बाजुरामा पहिरोले रौदीगाड लघुजलविद्युत् आयोजना पूर्ण रूपमा क्षति भएको छ । गौमुल गाउँपालिका-३ मा अवस्थित रौदीगाड लघुजलविद्युत् आयोजना पहिरोका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको हो । हिउँदे वर्षापछि आएको पहिरोले आयोजनाको पावर हाउसमाथिबाट पहिरो खस्दा ठुलो क्षति पुर्‍याएको हो । पहिरोले पावर हाउस मात्र नभइ नहरसमेत बगाएको उपभोक्ता समितिका सचिव भक्त विकले जानकारी दिनुभयो । संरचनामा क्षति पुगेसँगै अहिले विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको विकले बताउनुभयो । २०६९ चैत २५ गते निर्माण सम्पन्न भएको उक्त आयोजनामार्फत करिब ३५० घरपरिवार लाभान्वित हुँदै आएका थिए । नहर र पावर हाउसमा क्षति भएपछि ३५० घरधुरी प्रभावित भएका छन् । वडा अध्यक्ष गोरख बोहराले तत्काल गौमुल सरकार, प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गरी आवश्यक पहल गरिने बताउनुभयो । स्थानीयलाई सेवाबाट वञ्चित हुन नदिन तत्काल समन्वय र सहकार्य गरी विद्युत् सेवा सञ्चालन गर्न पहल गरिने बताउनुभयो । पहिरोका कारण संरचनासँगै उपकरणमा समेत क्षति पुगेको कर्मचारी भीम बहादुर रोकायाले बताउनुभयो...

बाजुरामा पहिरोले रौदीगाड लघुजलविद्युत आयोजना पूर्ण रूपमा क्षति, ३५० घरधुरी प्रभावित

बाजुरा, २२ चैत । बाजुरामा पहिरोले रौदीगाड लघुजलविद्युत् आयोजना पूर्ण रूपमा क्षति भएको छ । गौमुल गाउँपालिका-३ मा अवस्थित रौदीगाड लघुजलविद्युत् आयोजना पहिरोका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको हो ।

हिउँदे वर्षापछि आएको पहिरोले आयोजनाको पावर हाउसमाथिबाट पहिरो खस्दा ठुलो क्षति पुर्‍याएको हो । पहिरोले पावर हाउस मात्र नभइ नहरसमेत बगाएको उपभोक्ता समितिका सचिव भक्त विकले जानकारी दिनुभयो ।

संरचनामा क्षति पुगेसँगै अहिले विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको विकले बताउनुभयो । २०६९ चैत २५ गते निर्माण सम्पन्न भएको उक्त आयोजनामार्फत करिब ३५० घरपरिवार लाभान्वित हुँदै आएका थिए । नहर र पावर हाउसमा क्षति भएपछि ३५० घरधुरी प्रभावित भएका छन् ।

वडा अध्यक्ष गोरख बोहराले तत्काल गौमुल सरकार, प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गरी आवश्यक पहल गरिने बताउनुभयो । स्थानीयलाई सेवाबाट वञ्चित हुन नदिन तत्काल समन्वय र सहकार्य गरी विद्युत् सेवा सञ्चालन गर्न पहल गरिने बताउनुभयो ।

पहिरोका कारण संरचनासँगै उपकरणमा समेत क्षति पुगेको कर्मचारी भीम बहादुर रोकायाले बताउनुभयो । विपतका कारण ठुलो क्षतिको सामना गर्नु परेको बताउँदै उहाँले तत्काल मर्मत तथा पुनःनिर्माणका लागि सम्बन्धित निकायसँग पहलको माग गरिएको जानकारी दिनुभयो ।

बाजुरामा बर्सेनि बाढी पहिरोले ठुलो धनजनको क्षति गर्ने गरेको छ । विभिन्न आयोजनाका साथै यहाँका नौ वटै स्थानीय तहका अधिकांश गाउँ बस्ती पहिरोको उच्च जोखिम छन् । चैतमै पहिरो बग्न थालेपछि स्थानीय त्रसितसमेत बनेका छन् । बाजुरामा झन्डै १३५ बढी गाउँबस्ती पहिरोको उच्च जोखिममा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *