गर्भ नरहनुका प्रमुख कारणहरु र उपचार

स्त्री पुरूषमा हुने बाझोपनको सम्बन्धमा मैले यो भन्दा पहिले पनि लेखि सकेको छु । बिबाह भएको २ बर्षसम्म यदि गर्भ रहदैन भने यो दुईमा एकलाई दोषी ठहराउन सकिन्छ । आज अधिकांश महिलालाई दोषी ठहराउने गरेका थुप्रै घटनाले देखाउछ । कतिपय दम्पत्तिहरु गर्भ धारण नहुने समस्याका कारण पीडित रहेका छन् । गर्भ बस्न नसक्नुमा शारीरिक कारणका अतिरिक्त हाम्रो आनी-बानीले समेत ठूलो प्रभाव पारेको देखिन्छ । यस्ता सामान्य कुरामा हामी ध्यान दिँदैनौं । शारीरिक सम्पर्क गरे गर्भ बसिहाल्छ भन्ने धारणा हामीमा रहेको छ । तर यो नितान्त गलत हो । वंशानुगत समस्या र पोलिसाइटिक ओभरी सिन्ड्रोम जस्ता समस्याको उपचार कठिन हुनसक्छ । त्यस्तै ३५ वर्षभन्दा माथिको मानिसको यौन दुर्बलता हुने गरेको पाइन्छ । महिलाहरुमा विभिन्न कारणले गर्भवती हुँदैन । बाह्य जीवनशैलीले पनि गर्भधारण हुनबाट बञ्चित गर्छ । भिटामिन ई का फाइदा धेरै छन् तर मेरो उद्धेश्य केवल शरीरमा यसको कमिले प्रजनन क्रियामा अबरोध सिर्जना गर्न सक्छ भन्ने जानकारी कमलाई हुन सक्छ ।...

स्त्री पुरूषमा हुने बाझोपनको सम्बन्धमा मैले यो भन्दा पहिले पनि लेखि सकेको छु । बिबाह भएको २ बर्षसम्म यदि गर्भ रहदैन भने यो दुईमा एकलाई दोषी ठहराउन सकिन्छ । आज अधिकांश महिलालाई दोषी ठहराउने गरेका थुप्रै घटनाले देखाउछ ।

कतिपय दम्पत्तिहरु गर्भ धारण नहुने समस्याका कारण पीडित रहेका छन् । गर्भ बस्न नसक्नुमा शारीरिक कारणका अतिरिक्त हाम्रो आनी-बानीले समेत ठूलो प्रभाव पारेको देखिन्छ । यस्ता सामान्य कुरामा हामी ध्यान दिँदैनौं । शारीरिक सम्पर्क गरे गर्भ बसिहाल्छ भन्ने धारणा हामीमा रहेको छ । तर यो नितान्त गलत हो ।

वंशानुगत समस्या र पोलिसाइटिक ओभरी सिन्ड्रोम जस्ता समस्याको उपचार कठिन हुनसक्छ । त्यस्तै ३५ वर्षभन्दा माथिको मानिसको यौन दुर्बलता हुने गरेको पाइन्छ । महिलाहरुमा विभिन्न कारणले गर्भवती हुँदैन । बाह्य जीवनशैलीले पनि गर्भधारण हुनबाट बञ्चित गर्छ ।

भिटामिन ई का फाइदा धेरै छन् तर मेरो उद्धेश्य केवल शरीरमा यसको कमिले प्रजनन क्रियामा अबरोध सिर्जना गर्न सक्छ भन्ने जानकारी कमलाई हुन सक्छ । आजको युग भनेको व्यस्त युग हो । यो युगमा कसलाई के भिटामिनको कमिले के कस्ता रोग लाग्न सक्छ भन्ने जानकारी नहुनाले थुप्रै पैसा खर्च हुने गरेको छ । आज मैले चाँडो गर्भ रहन के कस्ता भिटामिन र प्राकृतिक खाना खानुपर्छ भन्ने कुरा पाठकलाई जानकारी पस्कन गइरहेको छु ।

पुरूषमा शुक्रकिटको कमि र महिलामा पाठेघर सम्बन्धी समस्याका कारणले बाझोपन निम्ताएको हुन्छ । हामीले उपचार गर्दा सवैभन्दा पहिले कसमा खराबी छ भन्ने जानकारी प्राप्त गरेर उपचार गर्न सके बल्ल सफलता हात लाग्ने देखिन्छ । गर्भ नरहनुमा सवैभन्दा खानपानको पनि हात छ । हामीले के कस्ता खाना खानाले प्रजनन् स्वास्थ्य सवल हुन सक्छ भन्ने कुरा जान्न आवश्यक छ ।

यस्ता छन् भिटामिन ई पाइने खानाहरु

१. एभोकाडो

एभोकाडोमा भरपूर्ण मात्रामा पौष्टिक तत्व पाइन्छन् । जसमध्ये भिटामिन ‘ई’ एक हो । १०० ग्राम एभोकाडोमा १४ प्रतिशत भिटामिन ‘ई’ पाइन्छ ।

२. सूर्यमुखी फूलको बिउ

सूर्यमुखीको बिउ भिटामिन ‘ई’को राम्रो श्रोत मानिन्छ । यसमा १०० ग्राम सूयमुखीको बिउमा ३५.७ मिलिग्राम भिटामिन ‘ई’ पाइन्छ।

३. मुङ्गफली

‘स्नेक्स’का रुपमा प्रयोग गरिने १०० ग्राम नेपाली बदाममा ४४ प्रतिशत भिटामीन ‘ई’ पाइन्छ ।

४. पालुँगो

सबैभन्दा कम क्यालोरीको तरकारीको रुपमा पालुँगोलाई लिने गरिन्छ । यसमा भिटामिन ‘ई’ प्रशस्त पाइन्छ ।

बाझोपनको उपचार

१. रेगुमिन्स आयुर्वेदिक औषधि १५ एम.एक औषधि समभाग पानीसंग खान दिने । सुपारी पाक औषधि राम्रो कम्पनीको १-१ चमच दिनमा २ पटक दुधसंग खान दिएमा महिनावारी ठिक भई चाँडो गर्भ रहन सक्छ ।

२. भिटामिन ई पुरूषलाई जस्तै महिलालाई पनि आवश्यक हुन्छ । यदि महिलाको शरीरमा यसको कमिले पनि गर्भ नरहन सक्छ । यस्तो समस्या देखिएमा भिटामिन ई ४०० एम.जी को क्यापसुल दिनमा २ पटक ३ महिनासम्म दिन सकिन्छ । औषधि सेवन गराउनु पुर्ब डाक्टरको परामर्श आश्यक छ ।

नोट : २ बर्ष भन्दा बढी समय सन्तान नभएमा बाझोपन भएको बुझ्न सकिन्छ । यदि यस्तो देखिएमा ढिलो नगरी डाक्टरको परामर्शमा उपचार गराउन सक्नु हुन्छ ।

यो पनि पढनुहोस्

गर्भस्थापक फार्मुला जानौं र प्रयोग गरेर फाइदा उठाऔ

स्वास्थ्यका लागि गरम पानी खानुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *