प्रधानमन्त्री कप क्रिकेटका खेलहरू मूलपानी क्रिकेट मैदानमा हुने

काठमाडौँ, ५ चैत । नेपाल क्रिकेट संघ (क्यान)ले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तय गरिएका सम्पूर्ण खेलहरू अब मूलपानी क्रिकेट मैदानमा सारिएको जनाएको छ । बिहीबार क्यानले जारी गरेको विज्ञप्ति अनुसार २०८२ चैत ७ देखि सुरू हुने प्रतियोगिताका खेलहरू तल्लो मूलपानी क्रिकेट मैदानमा सञ्चालन गरिने छ । यसअघि खेलहरू त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने तय गरिएको थियो । संघले आगामी आइसिसी पुरुष क्रिकेट विश्वकप लिगको तयारीका लागि क्रिकेट मैदानको स्तरोन्नति तथा मर्मत कार्य आवश्यक भएकाले खेल स्थल परिवर्तन गरिएको स्पष्ट पारेको छ । क्यानका प्रवक्ता छुम्बी लामाले हस्ताक्षर गरेको विज्ञप्तिमा प्रतियोगिता पूर्वनिर्धारित मिति र तालिका अनुसार नै सञ्चालन हुने पनि उल्लेख गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटका खेलहरू मूलपानी क्रिकेट मैदानमा हुने

काठमाडौँ, ५ चैत । नेपाल क्रिकेट संघ (क्यान)ले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तय गरिएका सम्पूर्ण खेलहरू अब मूलपानी क्रिकेट मैदानमा सारिएको जनाएको छ ।

बिहीबार क्यानले जारी गरेको विज्ञप्ति अनुसार २०८२ चैत ७ देखि सुरू हुने प्रतियोगिताका खेलहरू तल्लो मूलपानी क्रिकेट मैदानमा सञ्चालन गरिने छ । यसअघि खेलहरू त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने तय गरिएको थियो ।

संघले आगामी आइसिसी पुरुष क्रिकेट विश्वकप लिगको तयारीका लागि क्रिकेट मैदानको स्तरोन्नति तथा मर्मत कार्य आवश्यक भएकाले खेल स्थल परिवर्तन गरिएको स्पष्ट पारेको छ ।

क्यानका प्रवक्ता छुम्बी लामाले हस्ताक्षर गरेको विज्ञप्तिमा प्रतियोगिता पूर्वनिर्धारित मिति र तालिका अनुसार नै सञ्चालन हुने पनि उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *