घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ, १ चैत । शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा चार हजार ८०० रूपैयाँ र चाँदीको मोल २२५ रूपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख नौ हजार ४०० रूपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मूल्य पाँच हजार २७० रूपैयाँ निर्धारण भएको छ । गत शुक्रबार एक तोला सुन तीन लाख १४ हजार २०० रूपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार ४९५ रूपैयाँमा कारोबार भएको थियो । बिहीबार छापावाल सुन प्रतितोला तीन लाख १७ हजार रूपैयाँ र चाँदी पाँच हजार ५१५ रूपैयाँमा कारोबार भएको थियो । गत बुधबार तीन लाख १९ हजार रूपैयाँमा एक तोला सुन खरिदबिक्री भएको थियो भने एक तोला चाँदीको मूल्य पाँच हजार ७२० रूपैयाँ निर्धारण भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २३ र त्यति नै परिमाणको सेतो धातु ८१ अमेरिकी...

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ, १ चैत । शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा चार हजार ८०० रूपैयाँ र चाँदीको मोल २२५ रूपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख नौ हजार ४०० रूपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मूल्य पाँच हजार २७० रूपैयाँ निर्धारण भएको छ ।

गत शुक्रबार एक तोला सुन तीन लाख १४ हजार २०० रूपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार ४९५ रूपैयाँमा कारोबार भएको थियो । बिहीबार छापावाल सुन प्रतितोला तीन लाख १७ हजार रूपैयाँ र चाँदी पाँच हजार ५१५ रूपैयाँमा कारोबार भएको थियो । गत बुधबार तीन लाख १९ हजार रूपैयाँमा एक तोला सुन खरिदबिक्री भएको थियो भने एक तोला चाँदीको मूल्य पाँच हजार ७२० रूपैयाँ निर्धारण भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २३ र त्यति नै परिमाणको सेतो धातु ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *