चितवन–२ मा रास्वपा सभापति लामिछाने भारी मतले विजयी

काठमाडौँ, २३ फागुन । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछाने भारी मतले विजयी हुनुभएको छ । लामिछानले ५४ हजार ४०२ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मिनकुमारी खरेलको १४ हजार ५६४ मत प्राप्त गर्नुभयो । नेकपा (एमाले)का अस्मिन घिमिरेको ६ हजार ९४२ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रताप गुरूङको चार हजार ९६९ आएको छ । २०७९ को निर्वाचनमा पहिलो पटक लामिछाने यही क्षेत्रबाट विजयी हुनुभएको थियो ।

चितवन–२ मा रास्वपा सभापति लामिछाने भारी मतले विजयी

काठमाडौँ, २३ फागुन । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछाने भारी मतले विजयी हुनुभएको छ । लामिछानले ५४ हजार ४०२ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मिनकुमारी खरेलको १४ हजार ५६४ मत प्राप्त गर्नुभयो । नेकपा (एमाले)का अस्मिन घिमिरेको ६ हजार ९४२ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रताप गुरूङको चार हजार ९६९ आएको छ ।

२०७९ को निर्वाचनमा पहिलो पटक लामिछाने यही क्षेत्रबाट विजयी हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *