हुम्लामा हेलिकोप्टरबाट कर्मचारी र निर्वाचन सामग्री ढुवानी

सिमकोट, १८ फागुन । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–४ को चाला र वडा नम्बर ६ लिमीका तीन मदतान केन्द्रका कर्मचारी र सुरक्षाकर्मी तथा निर्वाचन सामग्री नेपाली सेनाको हेलिकोप्टरमा ढुवानी भइरहेको छ । चार मतदान केन्द्रमा खटिएका १०२ कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन प्रहरीलाई हेलिकोप्टरमा त्यसतर्फ पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दले बताउनुभयो । कर्मचारी र सुरक्षाकर्मीलाई पैदल भएर जाँदा असहज हुने भएपछि निर्वाचन आयोगले हिमाली जिल्लाका मतदान केन्द्रमा हेलिकोप्टरको व्यवस्था गरेको हो । निर्वाचनका लागि खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य कर्मचारी र सुरक्षाकर्मीलाई हेलिकोप्टरमार्फत लिमिका तीन मतदान केन्द्र लगिएको छ ।

हुम्लामा हेलिकोप्टरबाट कर्मचारी र निर्वाचन सामग्री ढुवानी

सिमकोट, १८ फागुन । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–४ को चाला र वडा नम्बर ६ लिमीका तीन मदतान केन्द्रका कर्मचारी र सुरक्षाकर्मी तथा निर्वाचन सामग्री नेपाली सेनाको हेलिकोप्टरमा ढुवानी भइरहेको छ ।

चार मतदान केन्द्रमा खटिएका १०२ कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन प्रहरीलाई हेलिकोप्टरमा त्यसतर्फ पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दले बताउनुभयो । कर्मचारी र सुरक्षाकर्मीलाई पैदल भएर जाँदा असहज हुने भएपछि निर्वाचन आयोगले हिमाली जिल्लाका मतदान केन्द्रमा हेलिकोप्टरको व्यवस्था गरेको हो ।

निर्वाचनका लागि खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य कर्मचारी र सुरक्षाकर्मीलाई हेलिकोप्टरमार्फत लिमिका तीन मतदान केन्द्र लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *