एमाले सचिव राई भोजपुरबाट सर्वसम्मत रुपमा सिफारिस

भोजपुर, २२ पुस । नेकपा (एमाले)का सचिव शेरधन राई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका निर्वाचनका लागि गृहजिल्ला भोजपुरबाट सिफारिस हुनुभएको छ । एमाले जिल्ला कमिटी भोजपुरको आज बसेको बैठकले सचिव राईको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो । सचिव राईको विकल्पमा अर्को बलियो उम्मेदवार नदेखिएकाले सर्वसम्मत रुपमा उहाँको नाम सिफारिस गरेको एमाले भोजपुरले स्पष्ट गरेको छ । एमाले जिल्ला कमिटीले समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि भने यसअघि नै नाम सिफारिस गरिसकेको जनाएको छ । यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवम् एमाले नेता राईलाई सो पार्टीको आज काठमाडौँमा बसेको सचिवालय बैठकले कोशी प्रदेश संयोजकको जिम्मेवारी तोकेको छ ।

एमाले सचिव राई भोजपुरबाट सर्वसम्मत रुपमा सिफारिस

भोजपुर, २२ पुस । नेकपा (एमाले)का सचिव शेरधन राई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका निर्वाचनका लागि गृहजिल्ला भोजपुरबाट सिफारिस हुनुभएको छ ।

एमाले जिल्ला कमिटी भोजपुरको आज बसेको बैठकले सचिव राईको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो । सचिव राईको विकल्पमा अर्को बलियो उम्मेदवार नदेखिएकाले सर्वसम्मत रुपमा उहाँको नाम सिफारिस गरेको एमाले भोजपुरले स्पष्ट गरेको छ ।

एमाले जिल्ला कमिटीले समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि भने यसअघि नै नाम सिफारिस गरिसकेको जनाएको छ ।

यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवम् एमाले नेता राईलाई सो पार्टीको आज काठमाडौँमा बसेको सचिवालय बैठकले कोशी प्रदेश संयोजकको जिम्मेवारी तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *