प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा एक लाख २५ हजार ७६६ मतदाता कायम

भोजपुर, १४ पुस । पूर्वी पहाडी जिल्ला भोजपुरमा आगामी फागुन २१ गतेको निर्वाचनका लागि कुल एक लाख २५ हजार ७६६ जना मतदाता कायम भएका छन् । अघिल्लो निर्वाचनको तुलनामा अहिले जिल्लामा मतदाताको सङ्ख्यामा वृद्धि भएको छ । अघिल्लो निर्वाचनसम्म यहाँको कूल मतदाता सङ्ख्या एक लाख २३ हजार ३७९ जना मात्र थियो । अहिले भने दुई हजार ३८७ जना मतदाता थप भएका हुन । जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीले निर्वाचन आयोगले गरेको मतदाता अद्यावधिकसँगै जिल्लाको कुल मतदाता एक लाख २५ हजार ७६६ जना कायम भएको जानकारी दिनुभयो । यस अनुसार पुरुषको सङ्ख्या ६५ हजार ७८८ जना र महिला ५९ हजार ९७७ र एक अन्य मतदाता रहेको उहाँले जानकारी दिनुभयो । निर्वाचन कार्यालयको विवरण अनुसार जिल्लाको पालिका अनुसारको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ । जिल्लामा दुई नगरपालिका र सात गाउँपालिका छन् । स्थानीय तह अनुसार भोजपुर नगरपालिकामा २० हजार १८९ जना, षडानन्द नगरपालिका– २१ हजार ८९६, अरुण गाउँपालिका– १२ हजार ६४३,...

प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा एक लाख २५ हजार ७६६ मतदाता कायम

भोजपुर, १४ पुस । पूर्वी पहाडी जिल्ला भोजपुरमा आगामी फागुन २१ गतेको निर्वाचनका लागि कुल एक लाख २५ हजार ७६६ जना मतदाता कायम भएका छन् ।

अघिल्लो निर्वाचनको तुलनामा अहिले जिल्लामा मतदाताको सङ्ख्यामा वृद्धि भएको छ । अघिल्लो निर्वाचनसम्म यहाँको कूल मतदाता सङ्ख्या एक लाख २३ हजार ३७९ जना मात्र थियो । अहिले भने दुई हजार ३८७ जना मतदाता थप भएका हुन ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीले निर्वाचन आयोगले गरेको मतदाता अद्यावधिकसँगै जिल्लाको कुल मतदाता एक लाख २५ हजार ७६६ जना कायम भएको जानकारी दिनुभयो । यस अनुसार पुरुषको सङ्ख्या ६५ हजार ७८८ जना र महिला ५९ हजार ९७७ र एक अन्य मतदाता रहेको उहाँले जानकारी दिनुभयो ।

निर्वाचन कार्यालयको विवरण अनुसार जिल्लाको पालिका अनुसारको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ । जिल्लामा दुई नगरपालिका र सात गाउँपालिका छन् । स्थानीय तह अनुसार भोजपुर नगरपालिकामा २० हजार १८९ जना, षडानन्द नगरपालिका– २१ हजार ८९६, अरुण गाउँपालिका– १२ हजार ६४३, आमचोक गाउँपालिका– १२ हजार ४४४, पौवादुङमा गाउँपालिका– १० हजार ६६३, टेम्केमैयुङ गाउँपालिका– १३ हजार ५५७ मतदाता कायम छन् ।

यस्तै, रामप्रसाद राई गाउँपालिका– ११ हजार ९००, साल्पासिलिछो गाउँपालिका– आठ हजार ७२४ र हतुवागढी गाउँपालिका १३ हजार ७५० जना मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख सुवेदीले बताउनुभयो । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले पनि आवश्यक तयारी गरिरहेको प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *