कैलाली कारागारमा झडप हुँदा एकको मृत्यु, ४७ जना घाइते

कैलाली कारागारमा झडप हुँदा एकको मृत्यु, ४७ जना घाइते

काठमाडौँ, २४ साउन । कैलाली कारागारमा झडप हुँदा एक जनाको मृत्यु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिकास्थित कारागारमा रहेका कैदीबन्दीहरूबीच झडप हुँदा एक जनाको मृत्यु र ४७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार झडपका क्रममा कैदीबन्दी भरत चौधरीको मृत्यु भएको छ भने घाइतेहरु सबैको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

उहाँले भन्नुभयो,‘हिजो राति कैदीबन्दीबीच झडप भएको थियो । झडपमा परी धनगढी उपमहानगर वडा नम्बर ४ घर भएका कैदीबन्दी भरत चौधरीको चाहिँ मृत्यु भइसकेको छ । ४७ जना घाइते छन् । घाइतेहरुको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।’

कैदीबन्दीहरुबप्च के विषयमा झडप भएको थियो भन्ने कुरा अझै नखुलेको बताउँदै उहाँले अनुसन्धान जारी रहेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *