ट्याक्टर दुर्घटनामा १५ घाइते, एकको अवस्था गम्भीर

सिमकोट, २ साउन । हुम्लाको सिमकोट गाउँपालिका–१ बैजीबाडामा ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये १३ सामान्य, एक मध्यम र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहारी कार्यालयले जनाएको छ । सोही वडाको दोजामबाट सदरमुकाम सिमकोटतर्फ आउँदै गरेको क ०२००१ त ०३५३ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताउनुभयो । घाइतेहरुको प्रहरी र स्थानीयले उद्धार गरिरहेको जनाइएको छ । घाइतेहरुको पहिचान खुल्न केही समय लाग्ने प्रहरीको भनाइ छ ।

सिमकोट, २ साउन । हुम्लाको सिमकोट गाउँपालिका–१ बैजीबाडामा ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये १३ सामान्य, एक मध्यम र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहारी कार्यालयले जनाएको छ ।

सोही वडाको दोजामबाट सदरमुकाम सिमकोटतर्फ आउँदै गरेको क ०२००१ त ०३५३ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताउनुभयो ।

घाइतेहरुको प्रहरी र स्थानीयले उद्धार गरिरहेको जनाइएको छ । घाइतेहरुको पहिचान खुल्न केही समय लाग्ने प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *