कृषिलाई आधुनिक पेसाका रूपमा विकास गर्न नीतिगत सुधार गर्नुपर्छ : सभामुख घिमिरे

काठमाडौँ, १५ असार । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कृषिलाई आधुनिक, व्यावसायिक र आकर्षक पेसाका रूपमा विकास गर्न नीतिगत सुधारसहित उत्पादन वृद्धि र आत्मनिर्भरतातर्फ ध्यान दिन आह्वान गर्नुभएको छ । २२औँ राष्ट्रिय धान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै सभामुख घिमिरेले भन्नुभएको छ, “नेपालको अधिकांश खेती अझै पनि अकासे पानीमा निर्भर छ । सिँचाइ सुविधाको अभाव, समयमा मल नपाइने समस्या र उन्नत बीउको अभावले गर्दा उत्पादन क्षमतामा ठुलो प्रभाव परेको छ ।” उत्पादन वृद्धि एवम् आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने हेतुले २०६१ सालदेखि नियमित रूपमा प्रत्येक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिएको छ । यस वर्ष ‘धानबालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भरता’ नारासहित राष्ट्रिय धान दिवस मनाइरहेका छौँ । किसान र सरोकारवाला सम्बद्ध पक्षहरूलाई सचेत तथा जागरुक बनाउने सन्देशसहित देशलाई खाद्यान्नमा आत्मनिर्भर र खाद्य सुरक्षित हुने दिशामा काम गर्न अभिप्रेरित गर्नु यस वर्षको नाराको सन्देश रहेको छ । सभामुख घिमिरेले प्रमुख खाद्यान्न बालीका रूपमा रहेको धान...

काठमाडौँ, १५ असार । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कृषिलाई आधुनिक, व्यावसायिक र आकर्षक पेसाका रूपमा विकास गर्न नीतिगत सुधारसहित उत्पादन वृद्धि र आत्मनिर्भरतातर्फ ध्यान दिन आह्वान गर्नुभएको छ ।

२२औँ राष्ट्रिय धान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै सभामुख घिमिरेले भन्नुभएको छ, “नेपालको अधिकांश खेती अझै पनि अकासे पानीमा निर्भर छ । सिँचाइ सुविधाको अभाव, समयमा मल नपाइने समस्या र उन्नत बीउको अभावले गर्दा उत्पादन क्षमतामा ठुलो प्रभाव परेको छ ।”

उत्पादन वृद्धि एवम् आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने हेतुले २०६१ सालदेखि नियमित रूपमा प्रत्येक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिएको छ । यस वर्ष ‘धानबालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भरता’ नारासहित राष्ट्रिय धान दिवस मनाइरहेका छौँ । किसान र सरोकारवाला सम्बद्ध पक्षहरूलाई सचेत तथा जागरुक बनाउने सन्देशसहित देशलाई खाद्यान्नमा आत्मनिर्भर र खाद्य सुरक्षित हुने दिशामा काम गर्न अभिप्रेरित गर्नु यस वर्षको नाराको सन्देश रहेको छ ।

सभामुख घिमिरेले प्रमुख खाद्यान्न बालीका रूपमा रहेको धान नेपालीको खाद्य सुरक्षाको प्रमुख आधार भएको उल्लेख गर्दै त्यसको आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिकलगायतको महत्व रहेको बताउनुभयो । उहाँले भन्नुभएको छ, “धान एक बालीमात्र नभई औसत नेपालीको जीवन पद्दति पनि हो, देशको करिब ६५ प्रतिशत जनसङ्ख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषिकर्ममा संलग्न छन्, तथ्याङ्कानुसार नेपाल अझै पनि धान–चामलमा आत्मनिर्भर बन्न नसक्नु विडम्बना हो, कृषिप्रधान मुलुकको यस यथार्थप्रति गम्भीर आत्ममूल्याङ्कन गर्नुपर्ने अवस्था आएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *