विद्या भण्डारी राजनीतिमा फर्किने घोषणाको हल्लाबारे ओली : कुनै बम पड्किनेवाला छैन, सपना नदेख्नुस्

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले ध्वस्त हुने सपना नदेख्न आग्रह गरेका छन् । शनिवार काठमाडौंमा जननेता मदनकुमार भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा आयोजित जबजका तीन दशक विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । सञ्चारमाध्यममा आज आफूले र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बम पड्काउने जस्ता भ्रम फिँजाइएको र आजैबाट नेकपा एमाले ध्वस्त हुने कुरा गरिएको भन्दै केही पनि नहुने बताए । उनले मदन भण्डारीको ७४ औं जन्मजयन्ती यसलाई उनीहरुले विभिन्न आस र अपेक्षा गरेका बताए । नेकपा एमाले एक रहेको र एक रहने बताए । अब पनि एकजुट भएर अघि बढ्ने स्पष्ट पारे । प्रधानमन्त्री ओलीले भने ‘मदन भण्डारीको ७४ औं जन्मजयन्ती यसलाई उनीहरुले विभिन्न आस र अपेक्षा गरेका छन् । यहाँ मैले एकदम बम पड्काउँछु,विद्या भण्डारीजीले बम पड्काउनुहुन्छ, ड्याङड्याङ डुङडुङ, यहीँबाट एमाले ध्वस्त हुन सुरु गर्छ । यो सपना देखेर बसेका छन् । कुनै बम, बन्दुक, बारुद गोला पड्किनेवाला छैन...

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले ध्वस्त हुने सपना नदेख्न आग्रह गरेका छन् ।

शनिवार काठमाडौंमा जननेता मदनकुमार भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा आयोजित जबजका तीन दशक विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

सञ्चारमाध्यममा आज आफूले र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बम पड्काउने जस्ता भ्रम फिँजाइएको र आजैबाट नेकपा एमाले ध्वस्त हुने कुरा गरिएको भन्दै केही पनि नहुने बताए ।

उनले मदन भण्डारीको ७४ औं जन्मजयन्ती यसलाई उनीहरुले विभिन्न आस र अपेक्षा गरेका बताए । नेकपा एमाले एक रहेको र एक रहने बताए । अब पनि एकजुट भएर अघि बढ्ने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले भने ‘मदन भण्डारीको ७४ औं जन्मजयन्ती यसलाई उनीहरुले विभिन्न आस र अपेक्षा गरेका छन् । यहाँ मैले एकदम बम पड्काउँछु,विद्या भण्डारीजीले बम पड्काउनुहुन्छ, ड्याङड्याङ डुङडुङ, यहीँबाट एमाले ध्वस्त हुन सुरु गर्छ । यो सपना देखेर बसेका छन् । कुनै बम, बन्दुक, बारुद गोला पड्किनेवाला छैन । आस नगरे हुन्छ । नेकपा एमाले एक छ, एक रहन्छ, एकजुट भएर अघि बढ्छ । आस पनि कस्ता कस्ता आस गरेका होलान् । आस गरेर बसेका छन् । यसो अनलाइनतिर पसेर हेर्दा तपाईँ छक्क पर्नुहुन्छ । हामी यस्तो भ्रममा पर्नु हुँदैन ।’

प्रधानमन्त्री ओलीले नहुने सपना नदेख्न पनि आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *