प्रधानमन्त्री ओली स्पेन प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन प्रस्थान गरेका छन् । शनिवार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधि मण्डल कतार एयरवेजमार्फत स्पेन प्रस्थान गरेको हो । स्पेनको ६ दिने औपचारिक भ्रमणमा प्रधानमन्त्रीको नेतृत्वमा २१ सदस्यीय प्रतिनिधि मण्डल रहेको छ । २१ सदस्यीय प्रतिनिधि मण्डलमा स्पेनस्थित नेपाली राजदूत र न्युयोर्कस्थित आवासीय प्रतिनिधि समेत रहनेछ । परराष्ट्रमन्त्रालयका सचिव सहित सम्बन्धित क्षेत्रको नेतृत्व गर्ने अधिकारी सहितको टीमका अतिरिक्त अर्थसचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव पनि भ्रमण दलमा रहेका छन् । प्रधानमन्त्रीको मुख्य सल्लाहकारसहित स्वकीय सचिवालयका आवश्यक व्यक्तिहरूको संलग्नता रहेको छ । प्रधानमन्त्री ओलीले असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा भाग लिनेछन् । संयुक्त राष्ट्रसंघको “विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन”का क्रममा भ्रमणको दोस्रो दिन असार १५ गते दिउसो करिब ४ बजे भ्रमण टोली स्पेनको शहर सेभियामा पुग्नेछ । लगत्तै प्रधानमन्त्री ओलीले नागरिक समाजले आयोजना गरेको प्लेनरीको समापन सत्रमा सम्बोधन गर्ने कार्यक्रम...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन प्रस्थान गरेका छन् ।

शनिवार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधि मण्डल कतार एयरवेजमार्फत स्पेन प्रस्थान गरेको हो ।

स्पेनको ६ दिने औपचारिक भ्रमणमा प्रधानमन्त्रीको नेतृत्वमा २१ सदस्यीय प्रतिनिधि मण्डल रहेको छ । २१ सदस्यीय प्रतिनिधि मण्डलमा स्पेनस्थित नेपाली राजदूत र न्युयोर्कस्थित आवासीय प्रतिनिधि समेत रहनेछ । परराष्ट्रमन्त्रालयका सचिव सहित सम्बन्धित क्षेत्रको नेतृत्व गर्ने अधिकारी सहितको टीमका अतिरिक्त अर्थसचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव पनि भ्रमण दलमा रहेका छन् ।

प्रधानमन्त्रीको मुख्य सल्लाहकारसहित स्वकीय सचिवालयका आवश्यक व्यक्तिहरूको संलग्नता रहेको छ । प्रधानमन्त्री ओलीले असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा भाग लिनेछन् । संयुक्त राष्ट्रसंघको “विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन”का क्रममा भ्रमणको दोस्रो दिन असार १५ गते दिउसो करिब ४ बजे भ्रमण टोली स्पेनको शहर सेभियामा पुग्नेछ । लगत्तै प्रधानमन्त्री ओलीले नागरिक समाजले आयोजना गरेको प्लेनरीको समापन सत्रमा सम्बोधन गर्ने कार्यक्रम छ ।

जहाँ स्पेनका मन्त्रिपरिषद्का अध्यक्षसहित विभिन्न व्यक्तित्वहरूको सहभागिता हुनेछ । साँझ ५ बजे स्पेनका प्रधानमन्त्री (स्पेन सरकारका अध्यक्ष) पेद्रो साञ्चेजसँग नेपालको प्रतिनिधि मण्डलको द्विपक्षीय बैठक तय भएको छ । असार १५ गतेको अन्तिम कार्यक्रम स्पेनका नरेशद्वारा राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूको स्वागतमा आयोजना गरिने रात्रि भोज रहेको छ । भ्रमणको तेस्रो दिन असार १६ गते बिहान उद्घाटन सत्रमा सहभागी हुने, अपराह्न गेट्स फाउण्डेशनद्वारा आयोजना गरिएको विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा सम्बोधन गर्ने, दिउसो १ बजे मित्रराष्ट्र स्तोनियाका राष्ट्रपति अलार कारिससँग द्विपक्षीय बैठक हुनेछ ।

दिउसो ३ देखि ४ बजेको बिचमा नेपालका प्रधानमन्त्री एवं अल्प विकसित राष्ट्रहरू (एलडिसी) को अध्यक्षको हैसियतमा प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्नेछन् । अपराह्न ४ देखि सवा ५ को बिचमा इजिप्टका प्रधानमन्त्री डा। मोस्तफा कमाल माडबुलीसँग द्विपक्षीय बैठक, पोर्चुगलका प्रधानमन्त्री महामहिम लुइ मोन्टेनेग्रोसँगको द्विपक्षीय बैठक, संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटरेससँग बैठक हुनेछ ।

तेस्रो दिनको अन्तिम कार्यक्रम स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) द्वारा दिइने औपचारिक रात्रि भोज रहेको छ । चौथो दिन (असार १७ गते) अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षतासहित उद्घाटन, स्पेन सरकारका अध्यक्ष महामहिम पेद्रो साञ्चेजद्वारा आयोजना गरिने वैश्विक ऐक्यबद्धतामा लगानीस् विकास सहयोगको नयाँ दृष्टिकोण शीर्षकको उच्चस्तरीय साइड–इभेन्टमा सम्बोधन गर्ने कार्यक्रम छ ।

अपराह्न साढे १२ बजेपछि नेपाल सरकार, बंगलादेश, लाओ र संयुक्त राष्ट्रसंघ आवासीय संयोजक (युएनआरसी) को संयुक्त आयोजनामा हुने अल्पविकसित देशबाट दिगो स्तरोन्नतिको लागि सशक्त सहनशीलता तथा जलवायु वित्तीय व्यवस्था (इम्पाओरिङ रेजिलेन्स, क्लाइमेट स्मार्ट फानान्सिङ फर सस्टेनेवल एलडिसी ग्राजुएशन) उच्चस्तरीय साइड–इभेन्टलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

अपराह्नमा नै नेपाल र बुरुण्डीद्वारा सहआयोजना गरिने राष्ट्रप्रमुख/सरकार प्रमुखहरूको पहलमा पानी तथा सरसफाइ वित्तीय स्रोतको प्रवाह शीर्षकको इभेन्टमा सम्बोधन गर्ने कार्यक्रम छ । दिउसो ३ बजे थिम आधारित राउण्ड टेबल (अन्तर्राष्ट्रिय विकास सहयोगको पुनर्जीवन) मा सम्बोधन गर्ने कार्यक्रम छ भने साँझ ८ बजे स्पेनका लागि नेपाली राजदूतले आयोजना गर्नुहुने रात्रि भोजमा हाम्रो सहभागी हुने कार्यतालिका रहेको छ । असार १८ गते सेभियाबाट म्याड्रिड फर्किने कार्यक्रम छ ।

म्याड्रिड पुगेसँगै साँझ ५ बजेबाट सुरु हुने नेपाल–स्पेन विजनेश तथा लगानी प्रवर्द्धन साँझ नामक कार्यक्रममा प्रतिष्ठित व्यावसायिहरुलाई सम्बोधनको कार्यक्रम छ । नेपालमा लगानी गर्न आह्वान गर्ने प्रधानमन्त्री ओलीले संसदमा जानकारी गराउने क्रममा बताएका छन् । असार १९ गते स्वदेश फर्किनुअघि रियल म्याड्रिड फुटबल क्लबका अधिकारीहरूसँगको भेटघाट र साण्टियागो वर्नावाउ रङ्गशालाको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

अन्तिम कार्यक्रमको रुपमा स्पेनमा रहेका नेपाली समुदायसँगको भेटघाट राखिएको जनाइएको छ । असार २० गते दिउसो पौने ५ बजे काठमाडौंमा अवतरण गर्ने कार्य तालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *