माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्ने विशेष अदालतको आदेश

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई विशेष अदालतले ३५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीशहरू तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले बुधवार राति ३५ लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । नेपालले बुधवार बिहान अदालतमा बयान दिएपछि थुनछेक बहस चलेको थियो । विशेष अदालतको आदेश बमोजिम धरौटी बुझाए नेपाल आजै छुट्नेछन् । बुधवार नेता नेपालका तर्फबाट ५ जना वकिलहरूले बहस गरेका थिए । पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठ, खम्बबहादुर खाती, शम्भु थापा, गोविन्द बन्दीले उनलाई बिनाशर्त रिहाइ गर्न माग राखेका थिए भने, सरकारी वकिलहरूले नेता नेपाललाई पुर्पक्षका लागि थुनामा राख्न माग गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेमा रहेको पतञ्जलि योग पिठ तथा आयुर्वेदिक कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेच गरेर भ्रष्टाचार गरेको भन्दै नेता माधव नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । आरोपपत्रमा पूर्वप्रम नेपालविरुद्ध १८ करोड ५८ लाख ५०...

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई विशेष अदालतले ३५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीशहरू तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले बुधवार राति ३५ लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

नेपालले बुधवार बिहान अदालतमा बयान दिएपछि थुनछेक बहस चलेको थियो । विशेष अदालतको आदेश बमोजिम धरौटी बुझाए नेपाल आजै छुट्नेछन् ।

बुधवार नेता नेपालका तर्फबाट ५ जना वकिलहरूले बहस गरेका थिए । पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठ, खम्बबहादुर खाती, शम्भु थापा, गोविन्द बन्दीले उनलाई बिनाशर्त रिहाइ गर्न माग राखेका थिए भने, सरकारी वकिलहरूले नेता नेपाललाई पुर्पक्षका लागि थुनामा राख्न माग गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेमा रहेको पतञ्जलि योग पिठ तथा आयुर्वेदिक कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेच गरेर भ्रष्टाचार गरेको भन्दै नेता माधव नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

आरोपपत्रमा पूर्वप्रम नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *