कालीगण्डकी ‘करिडोर’ अवरुद्ध, पहिरो रोकिएन

कालीगण्डकी ‘करिडोर’ अवरुद्ध, पहिरो रोकिएन

गुल्मी, ७ असार । शुक्रबारदेखि अवरुद्ध कालीगण्डकी करिडोर निरन्तरको पहिराका कारण आज पनि बन्द नै रह्यो । कालीगण्डकी गाउँपालिका–१ अन्तरगत हर्मीचौर–अर्बेनीमा निरन्तर सुक्खा पहिरो खसेपछि करिडोर पूर्णरूपमा अवरुद्ध भएको हो ।

पहिरो रोकिएकाले सडक सञ्चालन गर्न समस्या परेको जिल्ला प्रहरी कार्यालयका सू चना अधिकारी गङ्गाबहादुर सारुले बताउनुभयो । “सडक माथिबाट लगातार सुक्खा पहिरो झरिरहेको छ, हामीले यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छौँ,” प्रहरी नायब उपरिक्षक सारुले भन्नुभयो । उहाँले तत्कालै उक्त सडक सञ्चालन हुनसक्ने अवस्था नरहेको बताउनुभयो ।

पहिरोले अवरुद्ध रिडी–बामीटक्सार सडकखण्ड भने एकतर्फी रुपमा मात्र सञ्चालनमा आएको छ । उक्त सडकखण्ड अन्तरगत चन्द्रकोट गाउँपालिका–७ स्थित सिस्ने भिरमा सडकमाथिबाट खसेको पहिरोको केही भाग हटाएपछि सडक आंशिक रुपमा सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *