रुपन्देही । रुपन्देहीमा २ अर्ब रुपैयाँको लगानीमा फ्रेन्च फ्राई उद्योग फस्र्ट च्वाईस फुड सञ्चालनमा आएको छ ।
गुल्मीको मदाने गाउँपालिका वडानंर ६ घर भई बुटवल बस्दै आएका व्यवसायी कृष्णप्रसाद पौडेलले रुपन्देहीको शुद्धोदन गाउँपालिकामा उद्योग सञ्चालनमा ल्याएका हुन् । काठमाडौंमा विहीवार एक कार्यक्रमकाबीच उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले फस्र्ट च्वाईस फुडको उत्पादन सार्वजनिक गर्नुभयो । आयात कम गर्ने र किसानलाई आत्मनिर्भर बनाएर अघि बढ्ने योजनाका साथ उद्योग सञ्चालनमा ल्याएको व्यवसायी पौडेलले बताउनु भयो । अहिले वर्षको २ हजार टन उत्पादन गर्नेगरी उत्पादन भइरहेको र हरेक वर्ष बढाउँदै जाने लक्ष्य रहेको सञ्चालक पौडेलले जानकारी दिनुभयो ।
५ विघा क्षेत्रफलमा फैलिएको यो उद्योगले आलुका परिकारमात्रै उत्पादन गर्नेछ । त्यसैले १० हजार किसान उद्योगसँग जोडिएको र उनीहरुको उत्पादन आफ्नो उद्योगले किनिरहेको पौडेलले बताउनु भयो । उहाँकाअनुसार अहिले उद्योगले १९ जिल्लाका किसानसँग जोडिएर काम गरिरहेको छ । प्रत्यक्ष र अप्रत्यक्ष गरी २ सय जतिले उद्योगमा काम गरिरहेका छन् ।
अमेरिका, दुबई, साउदी अरब लगायतका तेस्रो मुलुकमा निर्यात गर्ने तयारीमा रहेको बताउनु भयो । नेपाललाई फ्रेन्च फ्राइजमा आत्मनिर्भर बनाउने उद्देश्य रहेको बताउनु भयो । यसले कृषिको व्यवसायिककरणमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । अहिले भारतमा उद्योगले भारतमा निर्यात गरिरहेको र मलेसिया, युएई र साउदी अरेबियामा निर्यात गर्ने तयारीमा रहेको पनि पौडेलले जानकारी दिनुभयो।