धवलशमशेरलाई तीन लाख धरौटीमा छोड्न आदेश

धवलशमशेरलाई तीन लाख धरौटीमा छोड्न आदेश

काठमाडौँ, २ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर जबरालाई काठमाडौँ जिल्ला अदालतले तीन लाख धरौटीमा छोड्न आदेश दिएको छ ।

सोमबार बिहान अदालतमा हाजिर भएका राणालाई न्यायाधीश शिवप्रसाद खनालको इजलासले तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

चैत्र १५ गते राति पक्राउ परेका राणा गत बैशाख ७ गते हाजिर जमानीमा छुटेका थिए । तर, प्रहरीले मुद्दा दर्ता गराउँदा भने उनी सम्पर्कमा थिएनन् । प्रहरीले उनीहरुको नाममा पुनः पक्राउ पुर्जी जारी गर्ने तयारी भएका बेला अदालतमा हाजिर भएका थिए ।

त्यस्तै, बन्दी प्रत्यक्षीकरणको रिटमार्फत् रिहा भएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने अझै सम्पर्कविहिन रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *