उत्तरखण्डमा हेलिकोप्टर दुर्घटनामा ७ जनाको मृत्यु

उत्तरखण्डमा हेलिकोप्टर दुर्घटनामा ७ जनाको मृत्यु

काठमाडौँ, १ असार । भारतको उत्तरखण्डस्थित गौरीकुण्डमा हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा ७ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा पाइलटसहित २ वर्षीय बालकसहित ७ जना रहेको उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरणले जानकारी दिएको छ ।

हेलिकोप्टर केदारनाथ मन्दिरबाट भक्तजन बोकेर गौरीकुण्ड उडेको थियो । प्रारम्भिक जानकारीमा दुर्घटनाको कारण खराब मौसम रहेको बताइएको छ । हेलिकोप्टर आर्यन एभिएसन कम्पनीको हो ।

प्राधिकरणका अनुसार हेलिकोप्टरमा उत्तर प्रदेश-महाराष्ट्रबाट २/२ जना र उत्तराखण्ड, राजस्थान, गुजरातबाट १/१ जना यात्रु थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *